हुलाकी न्युज, काठमाँडौ– केही दिन देखि अविरल परेको वर्षाले निम्त्याएको बाढी पहिरोमा परेर देशभर २९ जनाको मृत्यु भैसकेको छ र कँयौ घरहरु डुबानमा परेको छ । यो अवस्थामा आफु र आफु वरिपरिका सबै जनाको सुरक्षा बारे सोच्न पनि उतिनै आवश्यक छ । हामी यही सुरक्षाका केही टिप्स लिएर आएका छौँ ः
मधेसमा डुबान सम्भाबित एरियाका साथिहरु
१. मोबाइल फोनको न्युनतम प्रयोग गर्नुहोस् , इमरजेन्सीमा मोबाइल चाहिन्छ ।
२.सकिन्छ भने ब्याटी«बाट चल्ने एउटा रेडियो साथ राख्नुहोस् । सरकारी तथा आपतकालीन उद्घार बारेका जानकारी रेडियोले दिन्छ ।
३.एउटा टर्च साथ राख्नुहोस् , रात परेपछि काम लाग्छ ।
४.शुद्घ पानीको जोहो गर्नुहोस, खानेकुराहरु बचाइराख्नुहोस् ।
५.बिरामी र उनीहरुको औषधी, बृद्घ र बालबालिकाहरुको रामा्रे हेरचाह गर्नुहोस् ।
६.बत्ती कतै सट भएको छ कि छैन चेक गर्नुस ।
७.राती सुत्दा घरको एक वा दुई जना पालो गरेर मात्र सुत्नुहोस् ।
८.बलिया र युवा साथीहरु पानी रोकिएपछि आवश्यक पर्ने उद्घारको लागी तयार रहनुस् ।



