हुलाकी न्युज, काठमाँडौ– मधेशी डेमोक्रेटिक इन्जिनियर सोसाइटीको प्रथम राष्ट्रिय भेला काठमाँडौमा सुरु भएको छ । शनिबार पुलचोक स्थित एक पार्टी प्यालेसमा सोसाइटीको राष्ट्रिय भेलाको उद्घाटन गरिएको हो । राष्ट्रिय भेलामा प्रमुख अतिथी खानेपानी तथा सरसफाई मन्त्री महेन्द« यादव थिए । राष्ट्रिय भेलामा देश भरीका दुई सय मधेशी इन्जिनियरहरु सहभागी भएका थिए । भेलाले सोसाइटीको नयाँ नेतृत्व पनि गर्ने छ ।



