मनिला, । फिलिपिन्समा राजधानी मनिलाबाट दक्षिणी क्षेत्र प्रभावित हुनेगरी शुक्रबार ६।२ म्याग्नीच्युडको भूकम्प आएको छ ।

यस भूकम्पका कारण राजधानी मनिलास्थित भवनहरु पनि हलिएका भू–विज्ञहरुले जानकारी दिएका छन ।

हालसम्म यस भूकम्पबाट भएको मानवीय र अन्य भौतिक क्षतिको कुनै विवरण भने प्राप्त भएको छैन । सो भूकम्प स्थानीय समयाअनुसार शुक्रबार अपरान्ह १ः२८ आएको जनाइएको छ ।

फिलिपिन्सको भू–विज्ञान अध्ययन संस्थानका अनुसार सो भूकम्पबाट तटीय क्षेत्र लिआन बढी प्रभावित भएको थियो ।

फिलिपिन्सको राजधानी मनिलाबाट ७० किलोमिटर दक्षिणमा पर्ने इलाकामा लिआन तटीय क्षेत्रको १७३ किलोमिटर गहिराईमा सो भूकम्पको केन्द्र रहेको बताइको छ ।

फिलिपिन्सका भू–गर्भशास्त्रीहरुले यस भूकम्पलाई ६।१ म्याग्नीच्युडको रहेको बताएका थिए भने अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था युएसजिएसले यसको मापन ६।२ म्याग्नीच्युड गरेको बताएको थियो । रासस÷सिन्ह्व

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.