रोट्रयाक्ट क्लव अफ पोखरा लेकसाइडले कास्कीको माछापुच्छे गाउँपालिका वडा नं. ५ स्थित रिवानमा बुधबार राती गएको पहिरोबाट पीडित परिवार तथा बालबालिकाहरुलाई राहत सामाग्री वितरण गरेको छ ।
शुक्रबार बिहान पोखराबाट अध्यक्ष सुवास मल्लको नेतृत्वमा गएको एक टोलीले विपद्स्थलमा गएर राहत वितरण गरेको क्लवका सामाजीक सेवा निर्देशक युदीप सुवेदीले बताए । क्लवले पीडितहरुलाई दैनिक उपभोग्य सामाग्रीहरु र बालबालिकाहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गरिएको थियो । कार्यक्रममा बोल्दै सांसद सीता गिरी ओलीले तत्कालका राहत सामाजीक संस्थाहरुबाट भए पनि दीर्घकालिन पुननिर्माणमा आफुले सक्दो सहयोग गर्ने बताइन् ।


पोखराका विभिन्न कलेजहरु पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पस, पोखरा इञ्जीनियरिंग कलेज, गण्डकी कलेज अफ इञ्जीनियरिंग एण्ड साइन्सेसबाट संकलन गरिएको आर्थिक सहयोगबाट राहत सामाग्री वितरण गरिएको थियो । त्यसै गरी क्लवको मातृ क्लव रोटरी क्लव अफ पोखरा लेकसाइडबाट पठाइएको झोला पनि विद्यार्थीहरुलाई प्रदान गरिएको थियो ।
उक्त कार्यक्रममा १५ घर परिवारलाई राहत तथा १७ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र झोला वितरण गरिएको थियो ।

वितरण गरिएका सामाग्रीहरुमा झोला, कापि, कलम, इरेजर, पेन्सील, सार्पनर, चिउरा, दालमोठ, चप्पल, दाँत माझ्ने ब्रुस, मञ्जन, नुहाउने साबुन, कपडा धुने साबुन, सेनिटरी प्याड लगायतका सामाग्रीहरु रहेको क्लवका उपाध्यक्ष सन्तोष खनालले जानकारी दिए । राहत वितरणमा क्लवका अध्यक्ष सुवास मल्ल, उपाध्यक्ष सन्तोष खनाल, सामाजीक सेवा निर्देशक युदीप क्षेत्री तथा सदस्यहरु प्रतीक्षा बराल र प्रवेश श्रेष्ठ सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.