हुलाकी न्यूज, काठमाडौं, ११ असोज । मधेश रिलिफ फण्डले मधेशी सहिदका परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ । चार जना मधेशी सहिद परिवारलाई प्रति परिवार २५ हजार रुपैयाँका दरले रिलिफ फण्डले सहयोग रकम प्रदान गरेको हो ।

बाराका हिफाजत मियाँ अन्सारी, रौतहटका राज किशोर ठाकुर, पर्साका जय प्रकाश साह र दिनानाथ साहको परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको हो । वीरगंजका स्थानीय अगुवाहरु मार्फत रिलिफ फण्डले आर्थिक सहयोग सहिद परिवारलाई उपलब्ध गराएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.