हुलाकी न्युज, सप्तरी । सप्तकोसी नदीले चारैतिरबाट घेरिएको ‘टापु’ गाउँ भनेर चिनिने सप्तरीको गोबरगाढा गाउँका संकटमा पसेका छन्।टापु वस्तीमा कोशीको पानी छिरे पछि त्यहाँका बासिन्दा संकटमा परेका हुन ।

पछिल्लो दुई दिन यता कोसी नदीमा पानीको बहाव उच्च रहेको छ।विहिवार अपराह्न २ बजेतिर सप्तकोशीमा आएको बाढी कोशी ब्यारेजमा रहेको जलमापन केन्द्रमा भएको मापकअनुसार २ लाख ४० हजार ८९० क्युसेक प्रतिसेकेण्ड वहाव मापन भएको छ ।कोसी नदीमा यस वर्षकै उच्च बहाब रहेको छ ।

योगिनीमाई–हनुमाननगर नगरपालिका अन्तर्गत नै गाभिएको गोबरगाढा सप्तरीको अतिनै विकट स्थानहरु मध्यै एक हुन्।कोसीमा पानीको बहाव दुई लाख क्यूसेक नाघेसँगै गोबरगाढा डुवानमा पर्ने गरेको गोगरगाढा गाविसका समाजिक परिचालक संजाय यादवले बताए।

करिब ४ सय घर परिवार रहेको गोबरगाढामा बर्षा याममा अधिकांश परिवार हनुमाननगर, योगिनियाँ, भारदहलगायतका क्षेत्रमा बसाइसर्ने गर्दछन्। तैपनी कुनै विकल्प नभएका झण्डै डेढसय परिवार बर्षा याममा पनि गोबरगाढामै बस्न बाध्य रहेको सहजकर्ता यादवले जानकारी गराए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.