काठमाडौँ, । प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीमा आएको बाढीबाट भएको धनजन क्षतिबाट पीडित भएकाहरुलाई तत्काल क्षतिपूर्ति दिन निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीले आज सप्तरीको स्थानीय प्रशासनलाई बाढीबाट थप धनजनको क्षति हुन नदिन र समयमै व्यवस्थापन गर्न निर्देशन दिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आज सप्तरीमा आएको बाढीका कारण राजविराज नगरपालिका–१५ मा केही घरहरु ढुवानमा परेका छन् ।

प्रधानमन्त्रीले तराईको उच्च जोखिम भएको क्षेत्रमा सम्भावित बाढीको पूर्वव्यवस्थापन गरेर जोखिमयुक्त वस्ती स्थानान्तरण गर्न पनि निर्देशन दिएका छन्। रासस

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.