हुलाकी न्युज काठमाँडौ– बिमस्टेकमा सहभागी हुन नेपाल आएकी भारतीय बिदेशमन्त्री सुस्मा स्वराज र राष्ट्रिय जनतापार्टीको नेताहरु बीच छलफल हुँदै छ । बिहिबार राती ९ बजे एक होटलमा स्वराज र राजपाका नेताहरु बीच छलफलमा संविधान संशोधन लगायतका विषयमा छलफल हुने छ । बिमस्टेक बैठकमा सहभागी हुनका लागी स्वराज बिहिबार मध्यान्न काठमाँडौ आइपुगेकी थिइन् । आजै प्रधानमन्त्री देउवा र स्वराजबीच ४ः३० बजे बालुवाटारमा भेटवार्ता पनि हुनेछ । बिस्मेटकको बैठकको साँझ प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ । बिमस्टेक बैठकमा व्यापार तथा लगानी, प्रतिआतंकवाद, गरिबी निवारण, यातायात, पर्यटन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.