हुलाकी न्युज, सिरहा । सिरहा नगरपालिका–६ का भद्रभलाआदमी, बुद्धिजिवी, किसान र स्थानीयहरुले बुधबार बसविट्टा हनुमान मन्दिरको प्रांगनमा संघर्ष समिति गठन गरिएको छ ।
हुलाकी सडकको कमलानदीमा बनिरहेको पुल समयमा निर्माण हुन नसकेकोले सम्बन्धित कन्ट्रक्शनलाई जिल्ला प्रशासन कार्यालय सिरहा मार्फत दबाव दिनकोलागि र छिटो भन्दा छिटो पुल निर्माण कार्य सम्पन्न गराई यातायात सुचारु गराउन नविन कुमार यादवको संयोजकत्वमा नौ सदस्य संघर्ष समिति गठन गरिएको छ ।
उक्त संघर्ष समितिका सदस्यहरुमा शम्भु साह, ओम प्रकाश यादव, राजेश्वर साह, दिपेन्द्र गोइत, सुरेन्द्र यादव, रामदेव यादव, प्रमोद कुमार यादव र राजाराम यादव रहेको जानकारी सदस्य शम्भु साहले बताएका छन् ।



