हुलाकी न्युज, सिरहा  । सिरहाको मिर्चैया नगरपालिका-६ स्थित मटेर्वा चौकमा विहीबार विहान ट्रक र एम्बुलेन्स आपसमा ठोक्किदा एम्बुलेन्समा सवार ५ जना घाइते भएका छन्।

मिर्चैयाबाट बिरामी लिएर पूर्वतर्फ आउँदै गरेको स १ च ८०० नम्बरको एम्बुलेन्स र विपरित दिशाबाट जाँदै गरेको ना ३ ख ५९६४ नम्बरको ट्रक्र आपसमा ठोक्किएको थियो। दुर्घटनामा एम्बुलेन्समा सवार जिल्ला सिरहा मिर्चैया नगरपालिका-७ बस्ने अन्दाजी २५ बर्षिया प्रमिला महरा, उनकै श्रीमान ३० बर्षिय इश्वरदेब महरा, आमा ५० बर्षिया रामचमेलि महरा, सोही ठाउँकी ४० बर्षिया बौवापति देवी महरा र एम्बुलेन्स चालक सिरहा गोलबजार नगरपालिका-६ बस्ने दिलिप साह घाइते भएका छन्।

घाइते सबैको उपचारको लागि रेखा नर्सिङहोम मिर्चैया लगिएकोमा थप उपचारकोलागी न्युरो अस्पताल विराटनगर ल्याइएको छ। ट्रक र चालक इलाका प्रहरी कार्यालय मिर्चौयाको नियन्त्रणमा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.