हुलाकी न्युज, सिरहा | सिरहाको गोलबजार नगरपालिकाका टुर्किया वडा नम्बर २ बस्ने सुरेन्द्र ठाकुरका घर परिवारमा राति च्याउको तरकारी खादा ५ जना सिकिस्त भएका छन्।परिवार सिकिस्त हुने हरुमा सुरेन्द्र ठाकुरका ३५ वर्षीय बहिनि शिवु कुमारी ठाकुर , २८ वर्षीय रुना ठाकुर ,२२ वर्षीय भाईबुहारी सरस्वती ठाकुर , ८ वर्षीय भान्जा नितेश ठाकुर र २ वर्षीय जेसिका ठाकुर रहेकी छन् ।
बुधबार राति घरमा च्याउको तरकारी पकाएर स -परिवार खाना खाई करिब १० बजे सुतेको केहि बेर पछि सबै लाई वाकवाकी संगै चक्कर आउन थाले पछि सिकिस्त भएर अस्पताल आएको रुना ठाकुरले बताइन।
सिकिस्त सबैको लहान स्थित हस्तीका पोली क्लिनिक एण्ड डाईगनोसटिक सेन्टर प्रालिमा भइरहेको छ। सुरेन्द्र ठाकुर राति घरमा न रहेको र कामको शिलशिलामा बाहिर गएकोले उहा स्वस्थ रहेको बताए।



