हुलाकी न्युज, राजबिराज ।सप्तरीको खाँडो खोलामा आएको बाढीले राजविराज नगरपालिका-१५ स्थित देउरीभरुवाको बाँधले कटान गरिरहेका ठाउँमा पुरिएर एक जनाको मृत्यु भएको छ । राजबिराज वाड नम्बर १५ स्थित देउरी भरूवामा बाँधले कटान गरिरहेका ठाउँमा डाेमा यादबकाे पुरिएर मृत्यु भएको छ । उनी बाढी नियन्त्रणमा खटिएका पछी बेपत्ता भएका थिए। दुई दिनको लगातारको वर्षापछि आएको बाढीले बाँध कटान तीब्र भई रहेको स्थानीयहरुले जनाएको छ ।देउरीभरुवामा बाँध कटान गर्न थालेपछि नियन्त्रणको प्रयासमा नेपाली सेनासँगै लागेका स्थानीय ६० वर्षीय डोमी यादव ढिस्कोमा पुरिएका थिए । प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकाय प्रमुखहरु घटनास्थलमा पुगेको छन् ।



