हुलाकी न्युज, सप्तरी ।सप्तरी र सुनसरीको सीमानामा पर्ने सप्तकोशी नदीमा आएको भीषण बाढीमा त्यहाँका बाल बालिकाहरु भने ज्यान जोखिममा राखेर ब्यारेजको बाँधमा आएको दाउरा संकलन गर्ने स्थानीय बालबालिकाको ज्यान जोखिममा परेको हो।
बुधबार सप्तकोशीको बहाव प्रतिसेकेन्ड २ लाख १४ हजार ५ सय प्रतिसेकेन्ड क्युसेक मापन गरिएको सुनसरीका एसपी विद्यानन्द माझीले बताए। मंगलबार सप्तकोसीको बहाव प्रतिसेकेन्ड एक लाख ९२ हजार ३ सय क्युसेक मापन गरिएको थियो।कोसी ब्यारेजका ५६ मध्ये २५ भन्दा बढी ढोका खोलिएका छन्। सोमबार राति सप्तकोसीको बहाव प्रतिसेकेन्ड २ लाख ११ हजार ५ सय ६० पुगेको थियो।
नेपालको पूर्वी पहाडी क्षेत्रमा अविरल बर्षासँगै तीन दिनदेखि सप्तकोशी नदीमा बाढीको बहाव उच्च भएपछि कोसी ब्यारेजमा खतराको रातो बत्ती बालिएको छ।



