हुलाकी न्युज, जनकपुरधाम । मुसलाधार बर्षाको पानिका कारण जनकपुरका विभिन्न चौक चौराहामा पानि जमेर आएका छन् । भने नालाको फोहोर घरघरमा पसेपछि दुर्गन्ध दिनथालेका छन् |

सामान्य पानी परेसँगै जनकपुरधामका भानुचौक, वकिल टोल, शिव चौक, जनक चौक, विश्वकर्मा चौक, हटिया बजार लगायतका चौकमा पानि जमेको छ । नालाको उचित व्यवस्थापनको अभावमा जनकपुर— ८ दशरथ नगर, विद्यापतिचौक, विश्वकर्माचौक,किशोरी नगर, वकिल टोल, कटैया चौरी, जिरोमाईल एरिया लगायतका टोलहरुमा घर—घरमा पानी पसेको छ । जनकपुरधाममा खुल्ला नाला तथा नालाको सफाई नहुनाले नाला जाम भई फोहोर पानि घरहरुमा पसेको छ ।

यदि समयमेै नालाको व्यवस्थापन तथा सरसफाई नभए जनकपुरका घरघरमा नालाको फोहोर पानी पस्ने संभावना रहेको स्थानिय बुद्धिजिविहरुको भनाई छ । यता जनकपुरवासी पटक पटक यस्ता समस्याहरु बाट आजित भएपनि जनकपुर उपमहानगरपालिका समस्या समाधान तिर कुनै चासो नदेखाएको सहजै देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.