हुलाकी न्युज, रौतहट । रौतहटमा जारी रहेको किसानहरुको आन्दोलन प्रति राजदेवी एफ एम् का अध्यक्ष एवं समाजसेवी शम्भू साहले समर्थन जनाउँदै पीड़ितहरुको मांग पूरा गराउनलाइ आफ्नो तरफवाट आवश्यक पहल गर्ने प्रतिवद्धता जनाएको छन ।
बर्षाको साथै आएको वाढीमा ज्योति डिस्टिलरीले भंडारण गरी राखेको खराव विषदीयुक्त पानी मिसाउँदा भएको धानवालीको क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने मांग राख्दै स्थानीय सरुअठा ,पचरुखी ,बड़हरवा , झुनखुनवा ,जेठरहिया ,भेड़ियाहीका किसानहरु गरिरहेको आन्दोलन जायज रहेको भन्दै समाजसेवी साहले आन्दोलन प्रति ऐक्यवद्धता जनाएको हुन ।
संचारकर्मीहरु सीत कुराकानी गर्दै आसन्न तेस्रो चरणका स्थानीय तह निर्वाचनमा गौर नगरपालिकाका मेयरका प्रत्यासी समेत रहेको साहले किसानको मांग सम्वन्धमा सम्वन्धित मन्त्रालय , विभागमा पहल गरी क्षतिपूर्तिको लागि सैकड़ो प्रयास गर्ने किसानहरुको माझमा विश्वास व्यक्त गरेका छन ।
बालीनालीमा भएको क्षति सम्वन्धी यकीन विवरण संकलन गरी दोषी पत्ता लगाई क़ानूनी कार्यवाही समेत गर्न लाइ मांग गर्ने बताएका छन । कृषि प्रति आश्रित रहेका किसान हरुलाई भएको मार्का प्रति दुःख व्यक्त गर्दै अध्यक्ष साहले यस विषयमा स्थानीय प्रसाशनलाइ गम्भीर भई आवशयक प्रक्रिया अगाडि बढाउन ध्यानाकर्षण समेत गराएका छन । मेयर पदका उमेदवार साहले किसानहरुको समस्या लिएर काठमाडौं जाने र त्यहावाट क्षतिपूर्तिको लागि पहल गर्ने जानकारी गराएका छन ।



