हुलाकी न्यूज, काठमाडौं । काठमाडौंमा तीन दिनसम्म चलेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको केन्द्रीय समिति बैठकले यथास्थितिमा निर्वाचनमा सहभागी नहुने निर्णय गरेको छ ।

मंगलबार साँझ सम्पन्न राजपाको केन्द्रीय समिति बैठकले यथास्थितिमा निर्वाचनमा सहभागी नभई आन्दोलनमा जाने निर्णय गरेको हो । पार्टी संयोजक महन्थ ठाकुरले पदाधिकारी बैठक र केन्द्रीय समिति बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पारित भएको छ । उक्त प्रतिवेदनमा अहिलकै अवस्थामा निर्वाचनमा सहभागी नहुने स्पष्ट रहेको छ ।

केन्द्रीय समितिको आधिकारिक निर्णय भने बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने जनाइएको छ ।

पार्टीको विधान र नियमावली लगायतको दस्ताबेजलाई संशोधन गर्न समितिको जिम्मा दिने निर्णय भएको छ ।
त्यस्तै बुधबार जिल्ला संयोजकहरुसँग छलफल हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.