हुलाकी न्यूज, काठमाडौं, १० असोज । तराई मधेश युवा फ्रन्टले मधेश, थरुहट, आदिवासी, जनजाति, मुस्लिम, महिला लगायतको आन्दोलनको समाचार सहि ढंगले प्रसारण नगर्ने संचारकर्मीलाई बहिष्कार गर्ने चेतावनी दिएको छ । फ्रन्टका सह महासचिव कामरेन्द्र वर्माले जारी गरेको विज्ञप्तिमा मधेश, थरुहटलगायतका समुदायको समाचारलाई सत्यतथ्य सम्प्रेषण नगर्ने सञ्चारकर्मीलाई बहिष्कार गर्ने चेतावनी दिइएको हो ।

विज्ञप्तिमा मधेश थरुहट लगायत विभिन्न आन्दोलन चलिरहेको बेला स्थापित सञ्चारमाध्यम र सञ्चारकर्मीले सत्यतथ्य समाचार सम्प्रेषण नगरेकोमा ध्यानाकर्षण भएको जनाइएको छ ।

terai-madhesh-yuva-front

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.