कोलोम्बो, । केही महिनाअघिदेखि जारी रहेको प्रकोप नियन्त्रणका लागि सरकारले केही प्रभावकारी कार्यक्रम ल्याएको भए पनि श्रीलङ्कामा यसको प्रकोप नियन्त्रणमा आएको छैन ।

स्वास्थ्य अधिकारीहरूले सरकारले विभिन्न कार्यक्रम घोषणा गरेको भए तापनि त्यो प्रभावकारी हुन सकिरहेको छैन भनेका छन् ।

श्रीलङ्कामा यस वर्षको शुरुदेखि यसको प्रकोप सुरु भएको हो । यसबाट हालसम्म डेङ्गुबाट तीन सयभन्दा बढीको मृत्यु भएको छ ।

डेङ्गुबाट एक लाखभन्दा बढी व्यक्ति प्रभावित भएका छन् । श्रीलङ्का रेडक्रश सोसाइटीले हालैमात्र सार्वजनिक गरेको तथ्यांकमा यो अवस्था देखाइएको छ ।

त्यहाँ अघिल्लो वर्ष पनि यसको प्रकोप थियो । तर सन् २०१६ को तुलनामा यस वर्षको शुरुदेखि अहिलेसम्म डेङ्गु प्रभावितको संख्या दोब्बर भएको जनाइएको छ ।

श्रीेलङ्का रेडक्रशका स्वयंसेवकको ठूलो संख्याले डेङ्गु प्रभावितको रोकथामको लागि सरकारलाई सहयोग गर्दै आएको पनि जनाइएको छ ।

लामखुट्टेको कारण लाग्ने यस रोगको नियन्त्रणका लागि घरआँगन सरसफाइ राख्न पनि स्वयंसेवकले सल्लाह दिएका छन् । रासस÷सिन्ह्वा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.