हुलाकी न्युज, सिरहा । सिरहाको मिर्चैया नगरपालिकाको मिर्चैया कटारी सडक खण्डमा फूलबरियाबाट प्रहरी र वनको संयुक्त टोलीले खयरको गोलिया बोकेको ५ ट्रक निमंत्रणमा लिएको छ ।सिन्धुलीबाट सिरहाको मिर्चैयामा रहेको हिमालयन काठ उधोगका लागि उक्त खयरका गोलिया ल्याउदै थियो । ८६४ क्यूविक फिट खयरको गोलियाको स्थानान्तरण आदेश लिएर करिब १२ सय क्यूविक फिट खयर ल्याउन लागेको विशेष सुचना पाएपछि नियन्त्रणमा लिएको वन कार्यालयका अधिकृत अमरेन्द्र यादवले जानकारी दिए ।
राति ९ वजे नियंत्रणमा लिएको खयर गोलिया बोकेको उक्त ५ ट्रक ईलाका बन कार्यालय मिर्चैयामा राखिएको छ |



