हुलाकी न्युज, सर्लाही । जिल्ला स्वास्थ्य कार्यालय सर्लाही मलंगवामा खरिदार पदमा कार्यरत चन्द्रनगर गाउपालिका वार्ड नं. ३ वरकुर्वा टोल बस्ने भाग्यनारायण चौधरीको २६ वर्षिय छोरा नविन कुमार चौधरीले कार्यालय परिसरमा रहेको भर्यागमा पासो लगाई आत्महत्या गरेको छ ।
हिजो अबेर राती खरिदार चौधरी कार्यालय भवनमा प्रवेश गरि कार्यालयको पाले (गार्ड) गया प्रसाद चौधरीलाई आफु आजको राती कार्यालयमै बस्ने गुहारेका थिए । पाले चौधरीले ठिकै छ, भन्दै दुबैजना कार्यालयको पाले कोठामा संगै सुतेका थिए । राती करिब १ बजेको समयमा खरिदार चौधरीले आफुलाई केहि काम छ भन्दै कार्यालय भवनको साचो पाले गया चौधरी संग माग्न थालेका थिए । रात धेरै भई सक्यो, जे काम भएपनि भोली गर्ने भन्दै पालेले मना गरेपछि खरिदार चौधरीले हठ गर्न थालेका थिए । साचो चाहियो भन्दै धेरै हठ गरेपछि पालेले निजलाई कार्यालय भवनको साचो दियो, छिटटै आईजा भन्दै । हुन्छ भन्दै खरिदार चौधरीले साचो लिई कार्यालय भवनमा प्रवेश गर्याे ।
केहि छिनमै कार्यालय खोलेर खरिदार चौधरी साचो पालेलाई बुझाएका थिए । त्यसपछि आफु सुतेको पाले चौधरीले बताए । त्यसपछि के भयो आफुलाई केहि थाह छैन । विहान हुदा खरिदार चौधरीले पासो लगाई आत्महत्या गरेको कुरा सबैलाई थाह भयो । खरिदारले आत्महत्या गरेको कुरा सुनेपछि मृतकका आफन्तहरु कार्यालय परिसरमा जम्मा भई पाले गया चौधरीलाई अनाहकमा निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट पाले चौधरीलाई गम्भिर चोटपटक लागि सिकिस्त भएपछि निजलाई उपचारको लागि सर्लाही अस्पताल मलंगवामा ल्याएका थिए । प्रारम्भिक उपचार पछि घाईते पालेलाई मलंगवाबाट थप उपचार गराउन काठमाण्डौं रेफर गरिएको अस्पताल स्रोतले जनाएको छ । पाले चौधरीको घर मलंगवा नगरपालिका वार्ड नं. ९ मा रहेको छ । खरिदारले आत्महत्या गरेको खबर सुनेपछि आज सर्लाही अस्पताल मलंगवा परिसरमा एकजना महिलाले पनि विष सेवन गरेकी थिईन् । महोतरी गोरहाना–४ बस्ने दिपलाल सिंह थारुको २३ वर्षिय छोरी शिसम सिंह थारुले विष सेवन गरेकी छिन । सर्लाही अस्पताल मलंगवाका चिकित्सकहरुले निकै सावधानी पुर्वक उतm महिलालाई बचाउन सफल भएका छन ।
विष सेवन गरेकी उतम महिलालाई सर्लाही अस्पतालको आकस्मिक सेवा कक्षमा राखि उपचार भईरहेको अस्पताल स्रोतले जनाएको छ । विष सेवन गरेकी उतm महिला र स्वास्थ्य कार्यालय सर्लाहीका खरिदार मृतक चौधरी बिच के–कस्ता सम्बन्ध रहेको पुष्टी हुन बाकी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।



