
हुलाकी न्यूज, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको केन्द्रीय समिति बैठक आइतबारबाट सुरु भएको छ । काठमाडौंको बबरमहल स्थित एक पार्टी प्यालेशमा दिउँसो ११ बजेटबा बैठक सुरु भएको हो ।
बैठकमा मधेशका विभिन्न जिल्लाबाट करिब एक हजारभन्दा बढी सहभागी छन् । बैठकमा केन्द्रीय सदस्यसहित जिल्ला संयोजक तथा जनवर्गीय संगठनका अध्यक्षहरु सहभागी रहेका छन् ।
बैठकमा सहभागीहरुलाई ३० वटा समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहले छुटा छुटै छलफल गरी प्रतिवेदन बुझाउने छ । समूहमा छलफल हुँदा आगामी निर्वाचनमा सहभागी हुने अथवा आन्दोलनमा जाने धारणा राख्नेछ । त्यस्तै गठन हुन लागेको पार्टीको विभिन्न समितिका विषयमा छलफल गर्नेछ ।





