पेरिस ९फ्रान्स०, । क्लव परिवर्तनका लागी विश्व रेकर्ड कायम गरेका ब्राजीलियाली विश्व प्रसिद्ध फुटबल खेलाडी नेयमारको ख्याति आगामी दुई बर्षभित्र दोब्बर हुने पेरिस साँ जाँमा ९पिएसजी० का अध्यक्ष नासेर अल खेलाफीले शुक्रबार बताएका छन्।
नेयमारलाई स्पेनी फुटबल क्लब, बार्सिलोनाबाट दुई करोड ६४ लाख अमेरिकी डलर बराबरको क्लब स्थानान्तरण शुल्क तिरेर पिएसजीले भित्राएको हो । यो स्थानान्तरण लागत अहिलेसम्मकै उच्च शुल्क हो ।
पच्चीस बर्षीय ब्राजीलियाली फुटबल अग्रपङ्तीका खेलाडीको स्पेनी क्लबबाट हुने स्थानान्तरण शुल्कले विश्वलाई आश्चर्यमा पारेको छ । यस पहिलेको रेकर्डमा स्थानान्तरण शुल्क सवैभन्दा बढी फ्रान्सका नागरिक पाउल पोग्वालाई मेनचेस्टर यूनाइटेडले गरेको थियो । उक्त शुल्क नेयमारको अहिलेको शुल्को तुलनामा आधा कम रहेको थियो ।
शुक्रबार नेयमारको साथमा पत्रकारसम्मेलनमा सहभागी हुनुभएका अल खेलाफीले भन्नुभयो, विश्वमा दुई नेयमार छैनन् । आगामी दुई बर्षमा हामी भेट हुँदा नेयमारको मुल्य ९ख्याती० कति हुनेछ भन्ने बिषयमा तपाईहरूलाई म बताउन चाहन्छु । हेर्दै जानोस् । कम्तीमा पनि दोब्बर हुनेछ ।”
त्यसैगरी नेयमारले पिएसजीसँगको अनुबन्ध भएपछि बोल्दै पहिलो पटक सार्वजनिक प्रतिक्रिया दिँदै भने, “म चुनौती भोग्न तयार रहेको महसुस गरेको छु । मेरा नयाँ समूहका साथीहरुलाई सहयोग गर्न म आजदेखि हर कुरा गनेछु ।”
उहाँले बार्सिलोनालाई छोड्ने निर्णय लिन निकै कठीन भएको जनाउदै क्लब र क्लब सम्बद्ध सवैलाई धन्यवाद दिए ।
पीएसजी गत च्याम्पियन्स लीगमा अन्तिम आठमा परेको थियो ।
हप्तौंदेखिको अनुमानपछि नेयमारले बुधबार बार्सेलोनामा अभ्यासका लागि पुगेपनि सोही दिन स्पेनको बार्सेलोना क्लबलाई छाड्ने बताएका छन् ।
बार्सिलोनाले नेयमारलाई आफ्नो भविष्य रोज्ने छुट भएको बताएपनि उहाँले बार्सिलोना क्लब छोड्दा तिर्नुपर्ने रकमका बिषयमा भने निकै विवाद देखिएको थियो । रासस÷एएफ्पी÷एपी



