
हुलाकी न्यूज, काठमाडौं । विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए)ले मधेशी विद्यार्थीहरुका लागि छात्रबृतिको घोषणा गरेको छ ।
एनआरएमएले मधेशी विद्यार्थीहरुका लागि डाटा साइन्समा तालिम गर्न एक वर्षे छात्रबृति दिने भएको छ ।
वि.स.२०१६ सालतिर किसान आन्दोलनका क्रममा नेपाल सरकारद्धारा मारिएकी गुमराहा थारुको सम्मानमा ‘गुमराहा थारु डाटा साइन्स तालिम छात्रबृति’को घोषणा गरिएको एनआरएमएले जनाएको छ ।
विज्ञान प्रविधि, गणित र इन्जिनियरिङ्गमा स्नातक गरेका मधेशी विद्यार्थीहरुका लागि यो छात्रबृति रहेको छ । छात्रबृति अन्तरगत पहिलो वर्ष ६० जनाले तालिम गर्न पाउने छन् । प्रत्येक महिना ५ जना नयाँ विद्यार्थीका लागि डाटा क्याम्प नामक अनलाइन पोर्टलबाट विभिन्न कोर्षहरु गर्ने व्यवस्था एनआरएमएले गर्नेछ ।
एनआरएमएका अन्तर्राष्ट्रिय अध्यक्ष बशन्त कुशवाहाले हुलाकी न्यूजसँग कुराकानी गर्दै भने,‘यस किसिमको तालिमले मधेशी विद्यार्थीहरुलाई सबल र सक्षम बनाउनेछ । मधेशभन्दा बाहिर रहेका मधेशीहरुले मधेशको भविष्य निर्माणमा यसै मार्फत सहयोग गर्नेछ । एनआरएमएले आगामी दिनमा थप यस्ता छात्रबृतिहरु सञ्चालन गर्नेछ ।’
अध्यक्ष कुशवाहाले विश्वभरी रहेका मधेशीहरुलाई एनआरएमएमा सहभागी भइ मधेशमा यस्ता किसिमको कार्यक्रममा सहयोग गर्न आग्रह गरे । उनले विद्यार्थीहरुलाई छात्रबृतिबाट उचित लाभ उठाउन आग्रहसमेत गरेका छन् ।
विस्तृतका लागि





Plz first give me some idea what should I have to do?I want to read MBBS in scholarship.
What
email id prasta bujhiyena ..
give me email id or website to apply
email provided is not visible properly….hulaki news …please re post it.