नयाँदिल्ली, । भारतको प्रमुख विपक्षी दल काँग्रेस पार्टीका दोस्रो शीर्ष नेता राहुल गान्धीमाथि एक समूहले पश्चिमी गुजरात राज्यमा शुक्रबार आक्रमण गरेको छ ।
नेहरु गान्धीका वंशज राहुललाई वनास्कान्थ जिल्लामा आक्रमण भएको अधिकारीहरुले बताएका छन् । उहाँलाई केही सुरक्षाकर्मीले कडा सुरक्षा व्यवस्था गरी घाइते हुनबाट जोगाएको एक प्रहरी अधिकारीले बताए ।
आक्रमणकारीहरुले गान्धी चढेको गाडीमा ढुङ्गा प्रहार गरेको र गाडीको झ्यालको सिसा फुटेको छ ।
काँग्रेस अध्यक्ष सोनीया गान्धीका छोरा समेत रहेका राहुल प्रधानमन्त्री नरेन्द्र मोदीको गृह जिल्लामा बाढी पहिरो प्रभावित क्षेत्रको भ्रमणमा थिए।
“धनेरा क्षेत्रका बाढी पीडितहरुलाई भेटेर हेलिप्याड तर्फ जाँदै गर्दा उहाँको गाडीमा आक्रमण भएको होे, आक्रमणकारीले हानेको ढुङ्गा गाडी भित्र पसेको छ,” जिल्ला प्रहरी प्रमुख निराज बाड्गुजारले सञ्चारकर्मीमाझ बताए ।
काँग्रेसले आफ्नो उपाध्यक्षमाथि भएको आक्रमणमा सत्तारुढ दल भारतीय जनता पार्टी ९विजेपीका० का कार्यकर्ता सम्लग्न भएको आरोप लगाएको छ ।
“विजेपीका उग्र व्यक्तिहरुले काँग्रेस उपाध्यक्ष राहुलजीको कारमा धनेराको लालचोकमा आक्रमण गरेका छन् । गुजरात राज्यको बनास्कान्थ जिल्लामा भएको घटना घृिणत र निन्दनीय छ,” काँग्रेसका प्रवक्ता रणदिप सुर्जेवालाले भने ।
, “विध्वंसकारीहरुको योजनाबद्ध आक्रमणबाट उपाध्यक्ष गान्धी चढेको गाडीको झ्यालको सिसा फुटेको छ । केही सुरक्षाकर्मीहरु घाइते भएका छन् । विजेपीले सत्यतथ्य पत्तालगाई यसबारे निर्णय लिने छ ।”
तर विजेपी यस घटनामा मौन बसे ठूलो मूल्य चुकाउनु पर्ने काँग्रेसले चेतावनी दिएको छ । रासस÷सिन्ह्वा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.