काठमाडौं– दोस्रो संस्करणको आइसिटी अवार्ड २०१७ मा बेस्ट आइसिटी स्टार्टअप अवार्ड र बेस्ट इन्नोभेटिभ आइसिटी अवार्डअन्तर्गत शीर्ष ५ को घोषणा भएको छ ।
काठमाडौंमा आयोजित ‘प्रेजेन्टेशन र स्पिड डेटिङ राउन्ड’ बाट निर्णायक समूहले अन्तिम चरणको प्रतिष्पर्धाका लागि शीर्ष पाँच छनोट गरेको हो ।
शीर्ष ५ मा पर्ने स्टार्टअप कम्पनीहरुमा बसोबास नेपाल प्रालि, क्याचीरोड इन्कर्पोरेट प्रालि, पाइला टेक्नोलोजी प्रालि, सोनीटेक नेपाल प्रालि र जेफ्टवेर सोलुसन्स प्रालि रहेका छन् । त्यसैगरी शीर्ष ५ मा पर्ने इन्नोभेटिभ प्रडक्टहरुमा बिग फुट, एभ्रेष्ट कास्ट, गुनासो, नेपाल भिआर र परी रहेका छन् ।
उत्कृष्ट ५ मा पर्न सफल स्टार्टअप र प्रडक्टका लागि शुक्रबारदेखि अनलाइन र एसएमएस भोटिङ सुरु भएको छ । आइसिटेक मिडियाको आयोजनामा आगामी भदौ १ मा हुने अवार्ड वितरण समारोहमा दुवै विधाअन्तर्गत शीर्ष ३ मा पर्ने टिम र प्रडक्टलाई आइसिटी अवार्ड प्रदान गरिनेछ ।
सोही अवसरमा आइसिटी पायोनियर्स अवार्ड र आइसिटी डायस्पोरा अवार्डबाट एक÷एक जनालाई सम्मान गरिने आयोजकले जानकारी दिएको छ ।



