
हुलाकी न्यूज, काठमाडौं । सहरी विकास मन्त्री प्रभु साहले सरुवा बढुवाका लागि चाकडी गर्न नआउन कर्मचारीहरुलाई आग्रह गरेका छन् । उनले कामको आधारमा मूल्यांकन हुने र समय मै सरुवा बढुवा हुने बताउँदै मन्त्रालयमा आएर चाकडी नगर्न आग्रह गरेका छन् ।
सहरी विकास तथा भवन निर्माण विभागले बुधबारबाट नगरकोटमा आयोजना गरेको समीक्षा बैठकमा बोल्दै मन्त्री साहले कर्मचारीहरुलाई आफ्नो काम इमानदारिता पूर्वक गर्न आग्रह गरे । मन्त्री साहले सरुवा बढुवा गराउने चक्करमा कामकारवाही प्रभावित हुने गरेको बताउँदै त्यस्तो गरेको भेटिए कारवाही गर्ने चेतावनीसमेत दिए ।
समीक्षा कार्यक्रममा आर्थिक वर्ष २०७३÷७४ को वार्षिक प्रगती विवरणमाथि छलफल हुँदैछ । कार्यक्रममा देशभरीका आयोजना प्रमुख तथा डिभिजन कार्यालय प्रमुखहरु सहभागी भएका छन् ।
हालसम्म सहरी विकास मन्त्रालय अन्तरगतका ठेक्का तथा आयोजनाहरुको प्रगति विवरण र हालको अवस्था सहितको प्रतिवेदन बुझाउन मन्त्री साहले निर्देशन दिइएको थियो । तर हालसम्म विवरण नबुझाउने कर्मचारीहरुलाई कार्य सम्पादन मूल्यांकनमा असर पर्ने मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्माले चेतावनीसमेत दिए ।




paisa diye pugchha.