
हुलाकी न्यूज, काठमाडौं । राष्ट्रिय जनता पार्टी(राजपा) नेपालको केन्द्रीय कार्यालयको उद्घाटन भएको छ । बुधबार काठमाडौंस्थित बबरमहलमा रहेको मधेशी निजामती कर्मचारी मञ्चको भवनमा राजपाको केन्द्रीय कार्यालय स्थापना भएको हो ।
नयाँ पार्टी कार्यालयको उद्घाटन राजपाका संयोजक महन्थ ठाकुरले गरेका छन् ।
यसैबीच पार्टी कार्यालयमा पदाधिकारी बैठक सुरु भएको छ । पार्टीको आगामी केन्द्रीय समिति बैठक तथा पार्टीको रणनीति बारे छलफल गर्न पदाधिकारी बैठक सुरु भएको छ ।
बैठकमा विभिन्न पदाधिकारी गरी करिब एक सयभन्दा बढीको उपस्थिति रहेको छ ।



