हुलाकी न्युज, वीरगंज | जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगजले ट्राफिक व्यवस्थापन चुस्त राख्न भन्दै जथाभावि सवारी पार्किङ गर्ने कार्य रोक्न सबैमा अपिल गरेको छ ।

पार्किंग क्षेत्र छुट्याइएकोमा मात्रै पार्किङ गर्न र अन्य स्थानमा जथाभावि पार्किंग नगर्न सबैमा आग्रह गरिएको ट्राफिक प्रहरी कार्यालय वीरगजका प्रमुख प्रहरी निरिक्षक रविन्द्र भट्टले बताएका छन् । जथाभावि पार्किङ गर्दा नगरको ट्राफिक व्यवस्थापनमा समेत असर गर्ने र यात्रुलाई आवतजावतमा समेत बाधा पुग्ने हुँदा त्यस्तो कार्य लाई रोक्न अहिले अभियान चलाइएको पनि उहाँले बताउनुभयो । ट्राफिक प्रहरीले अहिले जथाभावि पार्किङ गरेर राख्ने सवारी साधनलाई नियन्त्रणमा लिएर जरिवाना गराउने अभियानलाई शसक्त रुपमा अगाडी बढाएको छ ।

आज पनि ट्राफिक प्रहरीले छपकैयाँ स्थित मालपोत कार्यालय अगाडी सडकमा जथाभावि रुपमा पार्किङ गरेर राखेको एक दर्जन भन्दा बढी मोटर साइकल नियन्त्रणमा लिएको छ । मालपोत कार्यालयमा लेखनदासको रुपमा बाहिर खट्नेहरुले सबैभन्दा बढी नियम उल्लंघन गर्दै सडकमै मोटरसाइकल पार्किङ गर्ने गर्दा उक्त सडकमा सँधै जसो सवारी जाम लाग्ने गरेको थियो । स्थानियको गुनासो पछि आज ट्राफिक प्रहरीले सडकमा जथाभावि पार्किङ गरेर राखेको मोटरसाइकल जिल्ला काे वन टनमा राखेर कार्यालयमा लगेको थियो । जथाभावि पार्किङ गरेबापत १५ सय रुपैयाँ जरिवाना लिएर सवारी छाडिने पनि प्रहरी निरिक्षक भट्टले बताउनुभयो ।

सडकमै सवारी पार्किङ गर्दा सो सडकमा अत्यावश्यकिय एम्बुलेन्स समेत चलाउन अप्ठ्यारो हुने गरेको बताउँछन एम्बुलेन्स चालक अलिउल्लाह अन्सारी । अहिले नगरको विभिन्न भागबाट दिनहुँ दर्जनौँ सवारी साधन जथाभावि पार्किङ गरेका कारण जरिवानामा पर्ने गरेका छन् । पार्किङ गर्न निषेध गरिएका स्थानमा वोर्डहरु राखिएको भए पनि सवारी चालकले अटेर गर्दा वाध्य भएर आफुहरु कारवाहिमा उत्रनु परेको भट्टले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.