वृजराज कुशवाहा, नवलपरासी ९ असोज । मधेशका जिल्लाको शान्ति सुरक्षाको स्थिती बुझ्ने क्रममा शनिबार नवलपरासी पुगेका प्रधानमन्त्री सुशील कोईरालाको कार्यक्रम मधेशवादी दलका नेताहरुले बहिष्कार गरेका छन् । कार्यक्रम बहिष्कार गरेका उनीहरुले कालो झण्डा प्रदर्शन गर्दै प्रधानमन्त्रीको पुतला समेत जलाएका छन् । प्रधानमन्त्रीको कार्यक्रम चलिरहँदा आन्दोलित मधेशी मोर्चाका हजारौं आन्दोलनकारी कार्यकर्ताहरुले निषेधित क्षेत्रमा प्रवेश गर्दै टायर बालेर विरोध प्रदर्शन गरेका थिए । प्रहरीले स्थिती नियन्त्रणमा लिन २ राउण्ड हवाई फायर गरेको थियो ।

nawalparashi-ma-birodh

प्रधानमन्त्री जिल्ला आउने खबर प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीले सुनाउँदै मधेशवादी दलका नेताहरुलाई भेटघाट कार्यक्रममा आउन अनुरोध गरेका थिए । प्रजिअकोे अनुरोध पश्चात तत्कालै बसेको आन्दोलनरत दलहरुको मोर्चाको बैठकले प्रधानमन्त्रीको कार्यक्रममा सहभागी नहुने तथा बहिष्कार गर्ने निर्णय गरेको थियो । संयुक्त लोकतान्त्रिक मधेशी थरुहट मोर्चाका मिडिया संयोजक राधेरमण पाण्डेयले विज्ञप्ति जारी गर्दै उनको कार्यक्रममा सहभागी नहुने, कालो झण्डा देखाउने र निषेधाज्ञा तोडेर प्रधानमन्त्रीको विरोध गर्ने जनाएका थिए ।
जिल्ला प्रशासन कार्यालय नवलपरासीको बैठक कक्षमा बसेको जिल्ला सुरक्षा समितिको बैठकमा नवलपरासीको शान्ति अवस्थाको ब्रिफिंग सुनेपछि राजनीतिक दल तथा सञ्चारकर्मीहरुसँगको भेटमा प्रधानमन्त्री सुशील कोईरालाले नयाँ संविधानले कसैको हक अधिकारसँग खेलवाड नगरेको भन्दै सबैको हित हुने खालको संविधान आएको दाबी गरे । उनले यस ऐतिहासिक परिवर्तनलाई संस्थागत गर्नका लागि सबै नेपालीको अहम भूमिका रहेको बताए ।

प्रधानमन्त्री कोईरालाले विगतमा धेरै पटक आन्दोलन भए पनि अहिलेको जस्तो साम्प्रदायिक कुरो कहिल्यै नउठेको बताउँदै अहिले देशमा मधेशी पहाडीका बीचमा फाटो ल्याउने शब्द सुन्नु परेको दुखेसो पोखे । प्रधानमन्त्रीले आपसमा एकसाथ वर्षाैंदेखि बस्दै आएका छिमेकीलाई लडाउने काम भएको भन्दै एकताको प्रयास गरिरहेको दाबी गरे ।

मधेशमा भइरहेको आन्दोलनलाई संकेत गर्दे प्रधानमन्त्री कोईरालाले शान्तिपूर्ण भनिएको आन्दोलनमा हिंसा भएको बताए । उनले हक अधिकारका लागि हुने लेनदेन अहिले नै अन्तिम नभएको बताउँदै मधेशको मुद्दा समेट्न आफू लागिपरेको जनाए । आन्दोलनरत दलहरुसँग वार्ताको पहल भइरहेको कोइरालाले बताएका छन् ।

Sushil-koirala-ko-putlaa

कार्यक्रममा वनमन्त्री महेश आचार्यले मधेशका धेरै मुद्दा सम्बोधन भइसकेको र अहिले मधेशमा भ्रम छरेर माग पुरा नभएको भन्दै आन्दोलन भएको आरोप लगाए । उनले मधेशको माग रहेको समानुपातिक समावेशीको व्यवस्था भइसकेको जानकारी गराए ।
भेटघाट कार्यक्रममा नागरिक समाज नवलपरासीका अध्यक्ष शम्भु प्रसाद उपाध्यायले नवलपरासी जिल्ला टुक्राईएकाले जिल्ला अखण्डा बनाईनुपर्ने र मधेशको जायज माग सम्बोधन गर्न सुझाव दिए ।

नेपाली कांग्रेस नवलपरासी क्षेत्र नं. ४ का क्षेत्रीय अध्यक्ष राजेन्द्र सहानीले नवलपरासी जिल्ला टुक्रिएकोमा जिल्लावासी चिन्तित रहेको, नागरिकतामा रहेको विभेद हटाउनुपर्ने, धारा ११ को ६ मा प्रादेशिक ऐन अनुसार हुनुपर्ने, विद्यार्थीको पठनपाठन बिग्रिएको र यसको दोष नेपाली कांग्रेसलाई लागिरहेको कारण कांग्रेसलाई बदनामीबाट बचाउनुपर्ने लगायतका धारणा राखेका थिए ।

उद्योग वाणिज्य संघका अध्यक्ष भीम बहादुर थापाले मधेश बन्दका कारण उद्योग व्यापार धरासायी बन्दै गएको जानकारी गराएका थिए । उनले जिल्लाको धार्मिक सांस्कृतिक महत्व कायम राख्न सदरमुकाम परासीमै रहनुपर्ने माग गरे ।

रामग्राम नगरपालिकाका नेपाली कांग्रेस नगर अध्यक्ष शिवशंकर रायले उच्च स्तरिय नेताहरुले मधेशलाई अपमानित हुने शब्द धोती प्रयोग गरिरहेको, प्रचण्डले साइकल चढेर हिँड्छौं जस्ता कुरा गरेर मधेशलाई होच्याउने काम गरेकोले मधेशमा उच्च स्तरिय नेताप्रति आक्रोश बढेको र जिल्लामा नेपाली कांग्रेसका कार्यकता चेपुवामा परेको बताए । उनले नेताहरुलाई आफ्नो वक्तव्य र शैलीमा अविलम्ब सुधारको आग्रह गरेका थिए ।

एमनेष्टी इन्टरनेशनल नेपाल समुह ३१ का नवलपरासी संयोजक विजय जयसवालले जिल्लामा मानवअधिकार हनन भएको बताए । प्रहरीले अत्यधिक बल प्रयोग गरी दमन गरेकोले शान्ति अवस्था बहाल गर्न अनुरोध गरे ।

nepal-army-in-nawalparashi

नेकपा एमालेका अध्यक्ष रोशन गाहा, नेपाली कांग्रेसका विष्णु लामिछाने लगायतले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । प्रधानमन्त्रीको जिल्ला भ्रमणलाई ध्यानमा राख्दै सुरक्षा अवस्था कडा पारिएको थियो । सुरक्षाका लागि परासी बजारमा नेपाली सेनाका जवान खटाइएका थिए ।

2 COMMENTS

  1. यो साला खस चोर दियेको अभिव्यक्ति ले पहाडे र मधेसी बीच जरुर झगडा गराउने छ! माधरचोद लैइ मधेशमा निशेध गर!

  2. यो साला खस चोर ले दियेको अभिव्यक्ति ले पहाडे र मधेसी बीच जरुर झगडा गराउने छ! माधरचोद लैइ मधेशमा निशेध गर!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.