हुलाकी न्युज, सिरहा । सिरहा नगरपालिकामा अबस्थित प्राचिन सारस्वरनाथ महादेवमा हजारौं बोलबम कावरियाहरुले जल चढाएका छन् ।
सिरहाको चुरे छेउको उत्तरवाहिनीको कमला नदिबाट जल भरेर आएका बोलबम काबरियाहरुले जल चढाएका छन् ।

कमला नदिको पूर्वीय तटमा रहेको प्राचिन सारस्वरनाथ महादेवमा जल चढाउन विहान २ बजेदेखि भक्तजन लामवद्ध भएका थिए । साउनको सोमवारीमा जल चढाउन यस सारस्वरनाथ महादेव मन्दिरमा विशेष घुइचो लाग्दै आएको छ । शिवभक्तहरु बेलपत्र, धुतुरो, भान्टाको भार लगायतका पूजा सामग्री सहित जल चढाउदै आस्था र विश्वासका साथ पूजा गर्ने गरेको स्थानीय शत्रुधन साहले बताए ।
पैदल, मोटरसाईकल, ट्याक्टर, जीप लगायतमा उत्तरवाहिनी पुगेका कावरियाहरु आईतवार रातभरी नाचगान गर्दै सारस्वर पुग्छन् । उत्तरवाहिनीबाट जल भरेर बन्दिपुर, मनहर्वा, मल्हनीया पीरारी, डुमरी, कल्याणपुर, बनिनिया, बेल्हा हुँदै सारस्वर पुग्ने गर्छन् । सारस्वरमा रहेको कमला नदिमा डुबुल्की मारेर उनीहरु सारस्वरनाथमा जल चढाउछन् ।
किवदन्ती
मिथिलाका राजा जनकको दरवारको चारतिरै चारवटा शिवालय रहेको छ । उत्तरमा धनुषाको क्षरेश्वरनाथ, पश्चिममा महोत्तरीको जलेश्वरनाथ, दक्षिणमा कलनाको कलेश्वरनाथ र पूर्वमा सिरहाको सारस्वरनाथ द्वारपालको रुपमा स्थापना भएको जनविश्वास रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.