हुलाकी न्युज, सप्तरी । २०५६ सालमा पूर्वी नेपालमा सुरू भएको सिनो बहिष्कार आन्दोलनका मुख्य नेता बलदेव रामको हृदयघातका कारण मृत्यु भएको छ । रामको सप्तरीको सुरुङ्गा नगरपालिका ७ का बलदेव रामको ७४ वर्षको उमेरमा मंगलबार बिहान ६ बजे मृत्यु भएको हो ।
उहाँको मंगलबार शव यात्रापछि वलान नदीमा अन्त्येष्ठि गरिने बताइएको छ । उहाँ लामो समयदेखि दलित मुक्ति र भूमिहिनको हकअधिकारका लागि लड्दै आउनु भएको थियो ।
उहाँले चर्चित र नेपालको सबैभन्दा ठूलो मानिएको सामाजिक आन्दोलन सिनो बहिष्कार आन्दोलनको अगुवाइ गर्नु भएको थियो ।



