हुलाकी न्यूज, काठमाडौं । जनकपुरधममा संचालित एशियाली विकास बैंक (एडीवी)को सहरी विकास आयोजनामा भ्रष्टाचार भएको भन्दैको छानविन हुने भएको छ । विकास आयोजनाको निर्माण कार्यमा अनियमितता भएको भन्दै १५ दिनभित्रमा आवश्यक छानबिन गर्न सरोकारवला निकायहरुलाई संसदको विकास समितिले निर्देशन दिएको छ ।

सिंहदरबारस्थित आइतबार सभापति रविन्द्र अधिकारीको अध्यक्षतामा बसेको समितिको बैठकले व्यापक छलफलपछि आयोजनाको छानविन गर्न निर्देशन दिएको हो ।

जनकपुरमा सञ्चालित आयोजनामा अनियमितता भएको भन्दै सांसदहरुले चासो व्यक्त गरेका थिए । सांसद दिनेश साहले अनियमितता बारे छलफल गर्न दबाब दिएपछि विकास समितिले छानविन गर्न निर्देशन दिएको हो ।

सभापति अधिकारीले पछिल्लो समय उक्त आयोजनाको व्यापक गुनासो आएकोले सरोकारवाला निकायहरुलाई निश्चित समय तोकि छानविन गर्न निर्देशन दिएको हुलाकी न्यूजलाई बताए ।

‘जनस्तरमा आयोजनाप्रति गुनासा बढ्दै गएको छ । पूर्वाधार विकास सुस्त रहेको, आयोजनाका कार्य प्ररम्भिक रुपमा गुणस्तरहीन र लापर्बाही देखिएको छ ।’, अधिकारीले बताए ।

समितिले सहरी विकास मन्त्रालयलाई नै राष्ट्रिय योजनाका प्रतिनिधि राखेर, विज्ञहरु राखेर छानविन गर्न निर्देशन दिइएको अधिकारीले बताए ।

छानविन पछि आउने प्रतिवेदन अनुसार आन्तरिक हिसाबबाट कमिकमजोरी के छन् पत्ता लाउने, त्यसलाई सच्याउने र आवश्यक परे कारवाहीको प्रक्रियासमेत अघि बढाउने निर्देशन समितिले दिएको हो ।

कभर तस्बिर : धैर्यकान्त दत्त

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.