हुलाकी न्युज, सिरहा
। भगवान भरोसे चल्दै आएको राउ स्मारक अस्पतालमा सरकारले पठाएको औषधी वितरण नगरी विरामीहरुलाई थप पीडा दिने गरेको खुलासा भएको छ ।

उपचारको लागि पुगेका अधिकांश विरामीलाई लहान अस्पतालका स्वस्थ्यकर्मीहरुले बाहिर पसलबाट औषधी खरिद गर्न लगाउंछन् । जहां सरकारले निःशुल्क उपलब्ध गराउने भनेका ७० वटा अत्यावश्यक औषधी देशैभरका २५ बेडसम्मको क्षमता भएका सम्पूर्ण सरकारी अस्पतालवाट लिन सकिन्छ । त्यसैगरी प्राथमिक स्वास्थ्य सेवा केन्द्रवाट ५८ प्रकारका र स्वास्थ्य चैकीबाट ३५ प्रकारका औषधी निःशुल्क लिन सकिन्छ ।

सरकारी अस्पतालबाट पाइने निःशुल्क औषधी १. लिग्नोकेन २. पेरासिटामोल ३. एस्पिरिन ४. एबियुपोफिन ५. डिक्लोफिन्याक ६. इन्डोम्याथेसिन ७. क्लोरोफेनीरेमाइन ८. फेनिरिमाइन ९. सेटिरिजाइन १०. मेटा«निडिजोल ११. टेनिडिजोल १२. एमोक्सिसाइलन १३. जेन्टमिजन १४. सिप्रोफ्लाक्सीन १५.क्लोरमफेनिकोल १६. सेफ्ट्रिसवान १७. सेल्फेमेथोक्सजोल १८. एक्सीसाइक्लाइन १९. एजिथ्रोमाइजिन २०. क्लोक्सासिलिन २१.नियोमिसिन २२. फुलकोनाजोल २३. एसिक्लोविर २४. फेरोस सल्फेट २५. फोलिक एसिड २६. भिटामीन बि कम्प्लेक्स २७. कम्पाउन्ड सोलुसन अफ सोडियम लेक्टेट २८. ओडियम क्लोराइड २९. डक्स्टोस सोलुसन ३०. हाइड्रोकोलोथियाजाइड ३१. एटिनोलोल ३२. अल्वीनपेजोली ३३. क्यालमाइन लोसन ३४. पोभिडोन लोडिन ३५. गामा बेन्जिन हेक्साक्लोराइड ३६. अल्मोनियमंहाइड्रोअक्साइडंम्यागाा हाइड्रोअक्साइड ३७. रेनिटिडिन ३८. एट्रोपाइन ३९. हियोसिन बटेलबोरेमाइट ४०. रिहाइड्रेसन ४१. क्लोभ ओइल ४२. मेटोक्लोरप्रोयामाइट ४३. प्रोमेथोजिन हाइड्रोक्लोराइड ४४. चारकोल इक्टिभेटेड ४५.वेन्जोइक एसिड ४६. फ्रोसेमाइड ४७. एम्लोडिपिन ४८. डेक्सामेथोसेन ४९. एल्बुटामोल ५०. एमिनोफिलिन ५१. प्रिडनीसोलोन ५२.प्रालीडोक्सीन सोडियाम ५३.फिनोबारबिटोन ५४.अल्पाजोलम ५५. कोल्प्रोम्याजि ५६.एमिट्रिपिलाइन ५७. हाइड्रोकोर्टिसोन ५८.मेटर्फो्मिन ५९. एड्रिनलाइन ६०. डिगाग्सिन ६१. सिल्भर सल्फाइजिन ६२. क्लरटिमिजोल ६३. डाइजेपाम ६४. सेन्सिन भाइलेट ६५. एल्लोपुरीनोल ६६. टेट्रासाइक्लाइन ६७.कार्वमेजेपाइन ६८.एसिटिजोलमाइड ६९.अक्सीमेटाजोलाइन ७०.लेभोथेरेक्सीनराजपा लगायतको औषधी निःशुल्क उपलब्ध गराउंनुपर्ने प्रावधान रहेको छ । तर, विरामीहरु यि औषधी पाइदैन् अनि औषधी कहां जान्छ ?

स्रोतका अनुसार औषधी अस्पतालका इन्चार्ज र स्टोर तथा लेखापालको मिलोमतोमा बाहिर विक्री हुने गरेको दावी गरेको छ । राष्ट्रिय जनता पार्टीका युवा नेता गोपाल गुप्ता फेसबुकमा लेख्छन् — सम्बन्धित मन्त्रालयले पनि बेवास्ता गर्ने गरेको र यहांका इचार्जले औषधि बेचेर पैसा कमाउने नियत बोकेर हिड्ने गरेको छ । यदि मन्त्री सक्षम छ भने गरिब बिरामीको लागि आएको औषधी बेच्नेहरुलाई यथाशिघ्र कारबाही गर्नुपर्छ ।

उपचारमा आएकी मोतीपुर मलहनकी मानकीदेवी सदाय भन्छीन् —मेरी बुहारीकी डिलेभरी भएको छ, तर एउटा औषधी पाइन् । सबै औषधी बाहिरबाट खरिद गरेर ल्याउंन यहांका इन्चार्ज शुशिल कुशवाहाले भने । अस्पतालले दिनुपर्ने औषधी नदिइकन बाहिरबाट खरिद गरेर ल्याउंनु पर्ने त्यस अस्पतालको नियती नै भएको छ । लहान १ निवासी मनोज यादवले भने मेरो परिवारका ८ जनालाई पखाला लागेर उपचार गराउंन अस्पताल आएको छु । तर, एउटा पनि औषधी अस्पतालले दिएन ।

अस्पतालले झुण्डियाएको बोर्डमा ७० प्रकारको औषधी अस्पतालले निःशुल्क उपलब्ध गराउंने लेखिएको छ । तर, एउटा पनि औषधी पाएको छैन । अर्का सपना चौधरी भन्छन्— अस्पतालभित्र रहेको ल्याबका ईन्जार्च दिशापिसाब, ब्लड जाँच गर्नको लागि आफ्नो निजि क्लिनिकको ठेगाना दिएर मोटो रकम असुली गरिरहेको छ

अस्पताल ईन्चार्ज सुनिल कुशवाहाले पनि आफ्नो श्रेया पोली क्लिनिक खोलेका छन् । यसरी विरामीको हालत देखेर राजपा कार्यकर्ताहरुले साउन १२ गते अस्पताल प्रशासनको विरोध गरेको छ । तर, अस्पताल बाहिर रहेका इन्चार्ज शुशिल कुशवाहाले फोन उठाउंन मानेन र अस्पतालमा समेत आईपुगेन । यस बारे अस्पताल समितिका अध्यक्ष फुलेश्वर महतोलाई सम्पर्क गर्न खोज्दा उनको मोबाईल स्वीच अफ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.