
हुलाकी न्युज, धनुषा । धनुषामा सर्पको टोकाइबाट एकजना वृद्धको मृत्यु भएका छन् । मृत्यु हुनेमा धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका ७ (गोदार) बस्ने ६२ वर्षका रामचन्द्र पंजियारलाइ साझ घरछेउमा सर्पले टोकेपछि उहाँ कसैलाई नभनि धामीझाँक्री कहाँ झारफुक गराउन जानू भएको थियो । केहि बेर पछि सिकिस्त हुदा उपचारको लागि धरान लग्दै गर्दा बाटोमै मृत्युु भएको उहाँका भतिज सुरेन्द्र पजियार बताएका छन् |



