हुलाकी न्युज, रौतहट ।रौतहट जिल्लाको साविक २१ गा वि स पूर्ण खोप घोषणा भएका छन ।साविक गरुडा नगरपालिकाका ७ वटा गाउ तथा १४ वटा गरी २१ वटा गाउ विकास समिति पूर्ण खोप घोषित भईसकेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर नवल किशोर झाले बताएका छन ।

झाका अनुसार मुड़वालबा ,इनरवारी ,पिपरा रजवाड़ा, भलोहिया , गंगापीपरा ,मत्सरी ,फतुआ हरषाहा , विजयपुर लक्षमिनिया ,खेसरहिया ,बसंतपट्टी ,रामपुर खाप ,कनकपुर ,विशुनपुर्वा मानपुर पूर्ण खोप गाउ विकास समिति घोषित भइसकेका छन ।
आगामी श्रवण १५ गतेका दिन गौर नगरपालिका वार्ड नंबर ८ बसतपुर पूर्ण खोप गाउ घोषणा हुने कार्यक्रम रहेको जानकारी दिदै डाक्टर झा करकच करमैया ,धरहरि ,जुडीबेला ,पौराई र रंगपुर पाइप लाइनमा रहेको बताए । गाउमा जन्म देखि ५ वर्ष मुनिका बालबालिकालाइ आवश्यक भएको खोप पूर्ण भएपछि पूर्ण खोप गा वि स घोषणा गरिएको हो ।

विगतका दिन देखि अहिले रौतहट जिल्लाको स्वास्थ्य  क्षेत्रमा सुधार गरिने प्रयास गरिएपनि स्थानीय स्तरमा जिम्मेवार राजनितिक दल ,नागरिक समाजका अगुवाहरु ,शिक्षक ,समाजसेवी , युवा ,विधार्थीहरु ,संघ सस्थाका प्रतिनिधिहरुले ध्यान दिन  नसेको कारण स्वास्थ्यको अवस्था रौतहटमा  खराव हुदै गएको प्रमुख झाको गुनासो रहेका छन । रौतहटमा अहले सम्म ३८ वटा साविक गाउ खुल्ला दिशामुक्त गा वि स घोषणा भई सकेको जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले जनाएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.