हुलाकी न्यूज, काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्मा २६ जना मन्त्री मध्ये ९ जना मधेशी अनुहार परेका छन् । लगभग ३४ प्रतिशत मधेशी अनुहार वर्तमान मन्त्रिपरिषद्मा देखिएका छन् ।

कांग्रेसले दुई नम्बर प्रदेशबाट मात्र मधेशी अनुहार लिएका छन् भने माओवादी केन्द्रले मधेशको भुभाग पर्ने तीनवटै प्रदेशबाट मधेशी अनुहारलाई लिएको छ । फोरम लोकतान्त्रिकले पनि तीनवटै प्रदेशबाट मधेशी अनुहारलाई लिएको छ भने नेकपा संयुक्तले दुई नम्बर प्रदेशबाट मधेशी अनुहार लिएको छ ।

कांग्रेसबाट १३ जना मन्त्री मध्ये तीन जना मधेशी मुलका मन्त्री भएका छन् भने माओवादी केन्द्रबाट पनि ९ जना मध्ये तीन जना मधेशी अनुहार परेका छन् ।

त्यस्तै, नेपाल लोकतान्त्रिक फोरमबाट तीनै जना मधेशी अनुहार परेका छन् भने नेकपा संयुक्तले पाएको एक सिटमा पनि मधेशी अनुहारलाई पठाएको छ ।

कांग्रेसबाट मन्त्री बन्नेहरुमा फर्मुल्लाह मंसुर श्रम तथा रोजगार मन्त्री छन् । रामकृष्ण यादव कृषि मन्त्री र महेन्द्र यादव खानेपानी मन्त्री भएका छन् ।

कांग्रेसले तीन जना मधेशी अनुहार दुई नम्बर प्रदेशबाटै पठाएको छ । कांग्रेसले स्थानीय निकायको दुई नम्बर प्रदेशको निर्वाचनलाई मध्यनजर गरी मधेशी मुलका मन्त्री चयन गरेएको देखिन्छ ।

माओवादी केन्द्रबाट प्रभु साह सहरी विकास मन्त्री, शिबकुमार मण्डल आपुर्ती मन्त्री, सन्त कुमार चौधरी पशुमन्त्री भएका छन् । साह प्रदेश नम्बर दुईबाट छन् भने चौधरी पाँच नम्बर प्रदेशबाट छन् । मण्डल एक नम्बर प्रदेशबाट छन् । अर्थात माओवादीले मधेशी अनुहारमा पूर्वदेखि पश्चिमसम्मको समीकरण मिलाएको छ ।

नेपाल लोकतान्त्रिक फोरमबाट अध्यक्ष विजय कुमार गच्छदार उपप्रधान तथा स्थानीय विकास मन्त्री छन् भने जितेन्द्रनारायण देव नागरिक उड्डयन तथा पर्यटन मन्त्री र गोपाल दहित भूमिसुधार मन्त्री भएका छन् । गच्छदार एक नम्बर प्रदेशबाट छन् भने देव दुई नम्बर प्रदेशबाट र दहित पाँच नम्बर प्रदेशबाट छन् ।

नेकपा संयुक्तबाट सप्तरी की मिथिला यादव वातावरण मन्त्री बनेकी छन् । यादव दुई नम्बर प्रदेशबाट छिन् ।

मधेशको आन्तरिक जातीय समावेशीका आधारमा हेर्ने हो भने तीन जना यादव जातबाट मन्त्री बनेका छन् । त्यस्तै, थारुबाट तीन जना, मुस्लिमबाट एक जना, मधेशी जनजातिबाट एक जना र साहबाट एक जना मन्त्री भएका छन् ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.