हुलाकी न्यूज, काठमाडौं । एकीकरणको अन्तिम समयमा नयाँ शक्ति पार्टी नेपालले संघीय समाजवादी फोरम नेपालसँग एकीकरण गर्न अस्वीकार गरेपछि फोरमका नेताहरु आक्रोसित बनेका छन् ।

फोरमका नेता तथा कार्यकर्ताहरु नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईप्रति आक्रमक देखिए हुन् । विशेष गरी समाजिक सञ्जालमा फोरमका नेताहरुले बाबुरामप्रति आक्रोस पोखेका छन् ।

यता फोरम नेता राजेन्द्र श्रेष्ठले हुलाकी न्यूजसँग कुराकानी गर्दै एकीकरण प्रक्रिया जारी रहेको बताए । उनले सञ्चारकर्मीहरुप्रति आक्रोस व्यक्त गर्दै भने,‘पत्रकारहरुले आफै कहिले एकीकरण भएको त कहिले एकीकरण भाँडिएको लेख्छन् । हामीले १५ गते एकीकरण हुन्छ भनेर भनेका छैनौं मिडियाले आफै लेखे । एकीकरण भाँडियो भनेर हामीले भनेका छैनौं मिडियाले आफै लेखे ।’

तर फोरमका अन्य नेताहरुले पदको बाँडफाँड नमिल्दा एकीकरण रोकिएको बताउँदै आएका छन् ।

एकीकरणबाट बाबुराम पछाडि हटेपछि फोरम नेतृ सरिता गिरीले बाबुराम र फोरम अध्यक्ष उपेन्द्र यादवबीच फरक छुट्याएकी छन् ।

त्यस्तै, फोरम नेपाल निकट संघीय प्रेस फोरमका पदाधिकारीले बाबुरामले अध्यक्ष पद मागेकोले एकीकरण भाँडिएको उल्लेख गर्दै चुनावी परिणाम सार्वजनिक गरेका छन् । फोरमका अन्य कार्यकर्ताहरुले पनि समाजिक सञ्जालमार्फत बाबुराम र नयाँ शक्ति प्रति आक्रोस व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.