हुलाकी न्युज, जनकपुरधाम
। धनुषाको ढल्केबर ७ मा बस्ने सरस्वति देवि चौधरीको हत्यामा सङ्लग्न रहेको अभियुक्तलाई धनुषा प्रहरीले पाँच वर्षपछि पक्राउ गर्न सफल भएको छ ।

हालको मिथिला नगरपालिका एवं साविकको ढल्केवर ६ का २४ वर्षीय अमरेश कुमार चौधरीलाई ईलाका प्रहरी कार्यालय ढल्केबर बाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको हो ।

अमरेश माथि वि.स.२०६९ भदौ २३ गते जि धनुषा ढल्केबर ७ मा बस्ने सरस्वति देवि चौधरीको हत्यामा सङ्लग्न रहेको आरोप छ । सरस्वतिको हत्या पश्चात अमरेश फरार रहेका थिए । उनमाथि सोमबार नै धनुषा जिल्ला अदालतमा म्याद थप गरी थप अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.