हुलाकी न्यूज, जनकपुरधाम, ९ असोज । जनकपुरका युवाहरुले राष्ट्रिय सञ्चारमाध्यममाथिको आफ्नो आक्रोश टिभी फोडेर व्यक्त गरेका छन् । जनकपुरमा शनिबार अपराह्न स्थानीय व्यापारी र युवाहरुले टिभी फोड्ने कार्यक्रम नै आयोजना गरे ।

उनीहरुले राष्ट्रिय मिडियाले मधेशका समाचारलाई बङ्याएर र नकारात्मक तवरले दिएको भन्दै राष्ट्रिय मिडियाको विरोधमा टिभी फोडेका हुन् । शनिबार बेलुका करिब ४ः३० बजे जनकपुरको पिडारीचौकमा जनकपुर युवा व्यापारी पिडारीचौकको आयोजनामा स्थानीय व्यापारी र युवाहरुको समूहले दुई दर्जनभन्दा बढी टिभी फोडेर विरोध प्रदर्शन गरे ।

उनीहरुले टिभी फोड्नु अगाडि जुलुस निकालेका थिए । जनकपुरको बेल्हीचोकदेखि शुरु भएको जुलुस पिडारी चौकमा आएर टिभी फोड्ने कार्यक्रममा परिणत भएको थियो । जुलुसमा सहभागी युवाहरुले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए । प्लेकार्डमा खसवादी मिडिया मुर्दाबाद, राष्ट्रिय मिडिया मुर्दाबाद, राष्ट्रिय मिडिया खसवादी मिडिया हो लगायतका नारा लेखिएका थिए ।

TV fod kaaryakram

TV 4

TV fod kaaryakam

TV fod kaaryakram 4

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.