हुलाकी न्युज, काठमाडौँ – राष्ट्रिय जनता पार्टीले आफुहरुसंगको सहमति कार्यान्वयनलाई हल्का ढंगमा नलिन सरकार र राजनीतिक दललाई चेतावनी दिएको छ ।
सरकार गठनका बेला भएको तीन बुँदे सहमति कार्यान्वयन, संविधान संसोधन लगायत आफुहरुसंग विगतमा भएका सहमति कार्यान्वनमा सरकार र राजनीतिक दलहरु गम्भीर नबनेको भन्दै राजपाले हल्का ढंगले लिएमा भविष्यमा त्यसले गम्भीर परिणाम निम्त्याउने चेतावनी दिएको हो ।

व्यवस्थापिका संसदको सोमबारको बैठकमा बोल्दै राजपाका सांसद महेन्द्र राय यादवले यथास्थितिमा आफुहरु निर्वाचनमा जाने अवस्था नरहेको भन्दै आफुहरुका मागलाई हल्का ढंगले नबुझ्न चेतावनी दिएका छन् ।

राजपाका अध्यक्ष मण्डलका सदस्य यादवले संविधान संसोधन प्रस्ताव अघि बढाउन, राजनीतिक मुद्दा फिर्ता लिदै बाकी रहेकालाई शहिद घोषणा गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।

राजपालाई निर्वाचनमा सहभागी गराउने भन्दै सरकारले प्रदेश नम्बर २ मा स्थानीय तहको निर्वाचनको मिति सारे पनि राजपा भने संविधान संसोधन लगायत माग पुरा हुनुपर्ने अडानमा यथावत उभिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.