हुलाकी न्यूज, काठमाडौं । मधेश आन्दोलनको विपक्षमा देखिदै आएको नेकपा एमाले अहिले मधेशी दलहरुसँग सम्बन्ध सुधारमा लागेको छ । दुई नम्बर प्रदेशको स्थानीय निकायको निर्वाचन आउनै लाग्दा एमालेले मधेशी दलहरुसँग सहकार्य गर्ने तयारी गरेको छ ।
एमालेले राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरमसँग छुट्टाछुट्टै संवाद अघि बढाउने जनाएको छ । ‘मधेशकेन्द्रित दलहरूसँग विभिन्न चरणमा भइरहेका अनौपचारिक संवादलाई निरन्तरता दिने सोचमा छौँ,’ सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईलाई उधृत गर्दै नयाँ पत्रिकाले लेखेको छ । सबै दल चुनावमा भाग लिने गरी सौहार्दपूर्ण सम्बन्ध स्थापित गर्न एमालेले चाहेको उनले बताए ।
एमालेले मधेशकेन्द्रित दलसँग विभिन्न चरणमा अनौपचारिक संवाद गरिरहेको छ । २५ असारमा उपमहासचिव घनश्याम भुषाल, डा. राजन भट्टराई, रवीन्द्र अधिकारीले राजपाका नेताहरू लक्ष्मणलाल कर्ण, केशव झा, अनिल झा, मनीष सुमनलगायतसँगको अनौपचारिक संवाद गरेका थिए ।
त्यसपछि अध्यक्ष केपी ओली, महासचिव ईश्वर पोखरलेलगायत नेताले राजपा अध्यक्षमण्डलका नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारीलगायतसँग भेटघाट र टेलिफोन संवाद गरेका छन् । ‘अध्यक्ष कमरेडले तिब्बत प्रस्थान गर्नुअघि पनि राजपाका नेताहरूसँग अनौपचारिक कुराकानी गर्नुभएको छ’ ईश्वर पोखरेलले भने, ‘परिणाममुखी दिशातिर अघि बढ्ने स्थितिमा हामी औपचारिक संवाद बढाउने सोचमा छौँ ।’
यसकारण संवाद
ओलीको घोषणालाई पूर्णता दिन २९ असारमा मधेशी बुद्धिजीवीहरूसँग अन्तरक्रिया गर्दै एमाले अध्यक्ष ओलीले तराईको समस्या समाधानका लागि पार्टीले अग्रसरता लिने घोषणा गरेका थिए । त्यही घोषणालाई औपचारिकता दिने गरी प्रदेश–२ का स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै एमालेले मधेशकेन्द्रित दलसँग अनौपचारिक संवादलाई निरन्तरता दिन लागेको हो ।
एमालेकै कारण संविधान संशोधनको मुद्दा सम्बोधन नभएको सत्ता पक्षको प्रचारलाई चिर्दै मधेशकेन्द्रित दलसँग सम्बन्ध सुधार्ने प्रयासमा एमाले छ । संशोधनमा पार्टीको बटमलाइन प्रस्ट पार्दै अपनाउन सकिने लचकताबारे पनि प्रस्ट्याउन एमालेले वार्ता गर्ने नीति अख्तियार गरेको हो ।
दुई चरणको निर्वाचनमा पहिलो दल बनेको एमाले प्रदेश–२ मा मधेशकेन्द्रित दलसँग सम्बन्ध सुधारेर प्रचार र तयारीमा लाग्ने सोचमा छ । राजमार्गभन्दा उत्तरमा पार्टी संगठन बलियो भए पनि दक्षिणी क्षेत्रमा मधेशकेन्द्रित दलको पनि बलियो उपस्थिति रहेकाले सम्भावित तालमेलको विषयमा पनि छलफल हुनेछ । ‘हामी आफ्ना कुरा राख्छौँ, मिल्ने भए मिलेरै गइन्छ, नमिल्ने रहेछ भने कुरा गर्दै गइन्छ,’ भट्टराईले भने ।
फाईल फोटो




madhesi haru lae goli hanne bela ma lagen ki hamro sambandha sumadhur x
थुक्क एमालेका भरुवाहरु कुन मुखले मधेशिदलहरु संग चुनावी ताल्मेल मिलाउन गैइ रहेका छौ ? मधेशिहरु तिमिहरुको जन्मजात दुश्मन हैनन र ? अनि किन मिल्न जाने ? खाली कुर्सीको लागी मात्रै होईन र ? हत्केलामा पानी लिई त्यसमा नाक डुबाएर मर्न सकेनौ पातकी हो !