
हुलाकी न्युज, बिरगंज –रियल स्कूलअफ नेपाल २०१७ अन्तर्गत नवौं क्षेत्रीय फाइनल मध्यमाञ्चलको वीरगञ्जमा सम्पन्न भएको छ । यस प्रतियोगिताबाट विजयी विद्यालय जिएचपि सेकेण्डरी स्कूल घोषित भएको छ ।
विजयी विद्यालयका सहभागी विद्यार्थी अन्जली दुबे, रेश्मा शर्मा, जेजस शाक्य, चन्दन गुप्ता, योगेस चौधरी र अयुब मिया हुन् । यी विजयी विद्यार्थीले काठमाडौंमा सम्पन्न हुने रियल स्कूलअफ नेपाल २०१७ को अन्तिम चरणको प्रतियोगितामा अन्य विजयी विद्यालयका विद्यार्थीसँग प्रतिस्पर्धा गर्नेछन् ।
त्यस्तै सिनियर समुह र जुनियर समुहका विजेतामा सिनियर समुहवाट एक्सटेम्पोरमा अन्जली दुबे, जिएचपि सेकेण्डरी स्कूल, डान्समा अनिसिखा बस्नेत मुनलाइट इङ्गलिस बोर्डिङ्ग स्कूल र फुटबल जगलिङमा कार्लोस पटेल गौतम सेकेण्डरी स्कूल छन् ।
यस्तै, जुनियर समुहमा पेन्टिङमा योगेस चौधरी जिएचपि सेकेण्डरी स्कूल,(थ्री) ३ मिनेट टु फेममा रुपक क्षेत्री गौतम सेकेण्डरी स्कूल र स्कोर द रियल गोलमा अयुब मिया जिएचपि सेकेण्डरी स्कूल छन् ।



