हुलाकी न्यूज, काठमाडौं । दुुई नम्बर प्रदेशमा स्थानीय निकायको निर्वाचन बाँकी छ । कांग्रेस, एमाले र माओवादीसहितका दलहरु दुुई नम्बर प्रदेशमा कसरी बढी सिट ल्याउने भन्ने विषयमा छलफल र रणनीति बनाउँदैछ ।
यसैक्रममा शनिबार नेकपा माओवादी (केन्द्र) निकटको मधेशी राष्ट्रिय मुक्ति मोर्चा नेपालले काठमाडौंमा अन्तरक्रिया गरेको छ । शनिबार विहान सुरु भएको अन्तरक्रियामा मधेशका विभिन्न विषयहरु उठाउनका साथै स्वतन्त्र मधेशको कुरा आयोजक पक्षले नै उठाएको छ ।
कार्यक्रमको सुुरुवात गर्दै माओवादीका नेता गोपाल ठाकुुरले मधेशका विषयमा संघीय मधेशसहित स्वतन्त्र मधेशको सवाल पनि उठेको बताए । उनले यस विषयमा पनि चर्चा हुुने बताए ।
माओवादी नेता एवं दुुई नम्बर प्रदेशका इन्चार्ज मातृका प्रसाद यादवले पनि स्वागत भाषण मै स्वतन्त्र मधेशको चर्चा गरे ।
यादवले भने,‘मधेशले समानता खोजेको छ । समानता नपाए अलग हुन्छ । आजभोली त श्रीमान् श्रीमति पनि छुुटिन्छ, यस्तै रहे मधेश पनि छुुटिनेछ ।’
कार्यक्रममा विश्लेषक सीके लालले मधेश अलग देश हुने अवस्था तत्कालै नभएको बताए ।
अन्तरक्रियामा स्वायक्त मधेश एक प्रदेशको विषयमा पनि चर्चा भएको छ ।




ठिक बिषयमा बहस गर्दै छौ मालिक सङ गरेको बाचा पूरा जो गर्नु छ तिमेरु ले ।
#दलाल
#लम्पसारबादी
#लेन्डुपेहरु
भरतपुर चुनाब को लफडा को पनि संबन्ध यिनै एजेन्डा सग सएमबिएन्धित छ,सबैलाई चेतना होस ।