हुलाकी न्यूज, काठमाडौं, ९ असोज । एमाओवादीबाट अधिकांश मधेशी नेताले राजीनामा दिएका छन् । डा. बाबुराम भट्टराईसँगै एमाओवादीमा रहेका अन्य प्रभावशाली मधेशी नेताहरुले पनि राजीनामा दिएका हुन् ।

एमाओवादीका पूर्व केन्द्रीय सदस्य रामरिझन यादवले हुलाकी न्यूजसँग कुरा गर्दै आफूसँगै अन्य प्रभावशाली मधेशी नेताहरुले पनि प्रचण्ड नेतृत्वको एमाओवादी परित्याग गरेको बताए । यादवका अनुसार प्रभु साह, रामचन्द्र झा, रामकुमार शर्मालगायतका मधेशी नेताहरुले राजीनामा दिएका छन् ।

यादवका अनुसार आधिकारिक रुपमा राजीनामाको घोषणा केही दिनमै हुनेछ । मौखिक रुपमा आफूहरुले अध्यक्ष प्रचण्डलाई जानकारी गराइसकेका यादवले बताए ।

यादवले डा. भट्टराई असोज १२ गते जनकपुर जाने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.