हुलाकी न्यूज, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले साउन १८ गतेदेखि २० गतेसम्म पदाधिकारी बैठक गर्ने निर्णय गरेको छ भने २१ गतेदेखि केन्द्रीय समितिको बैठक बोलाएको छ ।
विहीबारदेखि जारी राजपाको अध्यक्ष मण्डलको बैठकले पदाधिकारी र केन्द्रीय समिति बैठक बोलाएको हो ।
शुक्रबार बैठक सम्पन्न भएपछि राजपाका संयोजक महन्थ ठाकुरले प्रेस विज्ञप्ती जारी गर्दै केन्द्रीय समिति बैठकमा जनवर्गीय संगठनका केन्द्रीय अध्यक्ष तथा जिल्ला अध्यक्ष मण्डलका अध्यक्षहरुलाई पनि आमन्त्रण गरिएको छ ।
पार्टीको पदाधिकारी केन्द्रीय समिति बैठकबाट पार्टीको विधान र घोषणा पत्र अनुमोदन गरिनेछ । असोज २ गतेका लागि घोषणा गरिएको स्थानीय निकायको निर्वाचनका विषयमा पनि छलफल हुनेछ ।



