हुलाकी न्युज, वीरगंज
–जिल्ला प्रहरी कार्यालय पर्साले किर्ते गरी जाली लाईसेन्स बनाउने २ जनालाई पक्राउ गरेको छ । विहिवार दिउँसो ३ बजे गोप्य सुचनाको आधारमा रजत जयन्ती चोकमा भारत रक्सौलबाट यातायात कार्यालय वीरगंजतर्फ गईरहेका दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत विहार पश्चिम चम्पारण जोगियाही बस्ने दिपक ठाकुर र मोटरसाईकल चालक वीरगंज महानगरपालिका वडा नम्बर १४ श्रीपुर बस्ने उमेश चौधरी रहेका छन् ।
ना १२ प २५८४ नम्बरको पल्सरमा सवारी उनिहरुको साथबाट प्रहरीले विभिन्न व्यक्तिहरुको लाईसेन्स ४ थान, होलोग्राम स्टीकर ६ थान, मोबाईल २ थान, विभिन्न व्यक्तिको फोटोहरु ३८ थान, राजश्व तिरेको रसिद ५ थान, टाईप गरेको तयार कार्ड १ थान, टाईप गरेको कार्ड २ थान, विभिन्न व्यक्तिको नागरिकताको प्रतिलिपी ४ थान, प्रवेश पत्रको फाटोकपी ४ प्रति लगाएतको सामाग्रि बरामद गरेको छ ।
पक्राउ परेको भारत विहार रक्सौल जोगियाही निवासी दिपक ठाकुर आर्थीक वर्ष ०६६÷०६७ मा जिल्ला प्रहरी कार्यालय पर्साबाटै सरकारी छाप दस्तखत किर्ते मुद्धामा पक्राउ परी १ वर्ष कैद भुक्तानी गरी छुटेका थिए । जाली लाईसेन्स बनाउने कार्यमा अन्य व्यक्तीहरु पनि संलग्न रहेको खुल्न आएकाले दुवैलाई प्रहरी हिरासतमा राखि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

त्यस्तै विशेष सुचनाको आधारमा विहिवारै दिउसो प्रहरीले लागु औषध सहित दुई जनालाई पक्रउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार पश्चिम चम्पारण चनपटिया बस्ने वर्ष २३ को प्रमिला र भारत विहार पश्चिम चम्पारण आदापुर पुरैनिया बस्ने वर्ष ३६ को जफिर हुसैन रहेका छन् । झोलामा सामान बोकि पैदल हिँडेकी संकास्पद महिलालाई रोकि चेकजाँच गर्दा उनको झोलाबाट लागुऔषध ईन्जेक्सन ४ सय ५० थान फेला परेको थियो । जसमा फेनारगन १५० थान, डाईजेपाम १५० थान र नुर्फिन १५० थान फेला परेको हो । महिलाले हुसैनको सामान बोकेर ल्याईदिएको बताएपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको हो ।
त्यस्तै झारफुक टुनामुना गरी ठगी गर्ने गिरोहका ४ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश जिल्ला बलिया, ग्राम हनुमानगंज बस्ने चटनी नटको छोरा वर्ष १९ को पिन्टु नट सोहि ठाउँ बस्ने मुखलाल नटको छोरा वर्ष २५ को ओमनाथ नट सोहि ठाउँ बस्ने भुवन नटको छोरा वर्ष १९ को नरेश नट र सोहि ठाउँ बस्ने बिनोद नटको छोरा वर्ष २६ को सुरज नट रहेका छन् ।
उनिरुले घरमा पुरुष नभएका सोझासाझा महिलाहरुलाई सुना चाँदी जस्ता गरगहना र पैसा डबल पारिदिन्छौँ भन्दै नक्कसी गहना राखिदिएर ठगि गर्ने गर्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनिहरुको साथबाट सुनको जस्तो देखिने टप २ थान, ताबिज ५ थान, विभिन्न रंगका पत्थर ६० थान लगायत रहेको छ । सभार: रातोपाती

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.