
हुलाकी न्यूज, जलेश्वर । यस वर्ष महोत्तरी प्रहरीले २ सय ७७ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक राजकुमार लम्सालका अनुसार महोत्तरी जिल्ला अदालतद्वारा वर्षौंदेखि विभिन्न मुद्दामा दण्ड, जरिवाना र सजाय लागेर भागिरहेका २ सय ७७ जनालाई प्रहरीले आव ०७३÷७४मा पक्राउ गर्न सफल भएको हो ।
राष्ट्रिय समाचार समितिका अनुसार अदालतद्वारा विभिन्न व्यक्तिलाई ठेकिएको रु १० लाख १५ हजार २६३ जरिवानासमेत प्रहरीले असुलउपर गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीमा प्रहरी उपरीक्षक राजकुमार लम्साल गत वैशाख ७ गते हाजिर हुने बित्तिकै सोही महिनादेखि जिल्लामा विशेष अभियान चलाएर महोत्तरी प्रहरीले फरार अभियुक्त पक्राउ, जरिवाना र कैद असुलीमा निकै सफलता प्राप्त गरेको छ ।



