हुलाकी न्यूज, जनकपुरधाम ।
जनकपुर अञ्चल अस्पतालमा भर्ना भएका १३ वर्षीय जीतेन्द्र मण्डलको मृत्यु बारे छनविन गर्न समिति गठन भएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले विहीवार पाँच सदस्यीय समिति गठन गरेको छ ।

बुधवार विहान उपचारार्थ अस्पताल भर्ना गराइएका मिथिला विहारी गाउँपालिका १० ठेराका कैलाश मण्डलका छोराको उपचारको क्रममा अवेर राती मृत्यु भएको थियो ।

मृतकका परिवारजनले छानविनको माग गरेपछि समिति गठन भएको हो । अस्पताल सुधार अभियानमा लागेको संयुक्त मधेसी संघर्ष समिति (एसमास) ले किशोरको मृत्यु चिकित्सकको लापर्वाहीको कारण भएको भन्दै विरोध गर्दै आएको छ ।

छानविन समितिमा जनकपुर अञ्चल अस्पताल व्यवस्थापन समितिका सदस्य रामप्रमोद महतो, डा.रामनरेश  पण्डित, राष्ट्रिय मानव अधिकार आयोग, क्षेत्रीय कार्यालय जनकपुरका अधिकृत दीपकुमार यादवसंगै जिल्ला जनस्वास्थ्य कार्यालय तथा पीडित परिवारका एकर एक जना सदस्य राखिएका छन् ।

धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यका अनुसार–समितिले १५ दिनभित्र घटना छानविन गरी प्रतिवेदन बुझाउनेछ । प्रतिवेदनको आधारमा दोषीमाथि कारवाही तथा पीडित परिवारलाई क्षतिपूर्ति बारे आधिकारिक निर्णय हुनेछ ।

1 COMMENT

  1. राष्ट्रिय मानव अधिकार अायाेग छानविन समितिमा वसेकाे छैन र वस्न पनि मिल्दै, अायाेगले सम्पुर्ण परिघटनाकाे अनुगमन गरिरहेकाे छ ॥

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.