हुलाकी न्युज, जनकपुरधाम ।
 जनकपुर अञ्चल अस्पतालको चरम लापरवाहीको कारण एक बालकको ज्यान गएको छ । मिथिला विहारी गाउँपालिका १० ठेरा बस्ने कैलाश मण्डलका १३ वर्षका छोरा राजा मण्डलको अस्पतालको लापरवाहीले ज्यान गएको हो ।
बालकलाई एक्कासी ज्वरो आएपछि बुधबार विहान ९ बजे जनकपुर अञ्चल अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो । त्यसपछि चेकजाँच गरि चिकित्सकहरुले भर्नाको लागि बेड खाली नभएको भन्दै फर्काएका थिए । बालकको स्वास्थ्य अवस्था खराब भएपछि साँझ ६ बजे पुनः जनकपुर अञ्चल अस्पतलकै अकास्मिक कक्षमा भर्ना गराएपछि केहि समय पश्चात वच्चा वार्डको बडेमा पठाएर उपचार शुरु गरिएको बुबा कैलासले बताउनुभयो ।
राति ९ बजे बालकको स्वास्थ्य अवस्था झनै खराब हुन थालेपछि डिउटीमा रहेका नर्स नैनतारा साह र कविता चौधरीलाई बुबा कैलासले पटक पटक छोरालाई हेरदिनुस् भनेर गुहार लगाउँदा उल्टै हप्काएर फर्काएको त्यहाँका प्रत्यक्षदर्शी एक अर्का विरामी कुरुवा जुमेदा खातुनले बताउनुभवायो । उहाँका अनुसार नर्सहरु मोवाईल चलाएर बसेका थिए । वच्चा वार्डमा डिउँटी रहेका डा.बैद्यनाथ ठाकुर डिउटी छाडेर आफ्नो क्वाटरमा आराम गरि राख्नु भएको थिया, नर्सहरुले बताएका छन् ।
बुबा कैलाशका अनुसार राति १२ बजे बालकको अवस्था अत्यन्तै चिन्ताजनक हुँदा डिउटीमा रहेकी नर्स नैनतारासा साह आफैले सुई लेखेर किनरे ल्याउन लगाई सुई लगाउनु भएको थियो । त्यस पश्चात बालकको अवस्था झनै चिन्ताजनक भएको थियो । मोवाईल चलाएर बसेका नर्सहरुलाई बुबा कैलाशले गुहार लगाउँदै ‘मेरो छोरालाई हेरि दिनुस् । नत्र मरि हाल्छन् ’ भन्दा डिउटीमा रहेका नर्सहरुले ‘ कच कच नगर्नु ,मैले तपाईको छोराको ठेक्का लिएको छैन ’ भन्दै जवाफ फर्काएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । त्यस पश्चात बालकका बुबा कैलाश र आमा सन्तोषिया देवीले छोरालाई उपचारको लागि निजी अस्पतालमा लग्न खोज्नु भएको थियो । तर पुनः छोरालाई त्यहि बेडमा राखेर उपचारको लागि नर्सहरुलाई आमाबुबाले गुहार लगाउनुभएको थियो ।
प्रत्यक्षदर्शीका अनुसार राति तीन बजे बालकको मृत्यु भएपछि आक्रोसमा बुबा कैलासले नर्समाथि लठ्ठी फाल्दा प्रहरीले उहाँलाई समातेर लगेका थिए । छोराको मृत्यु पश्चात विछिप्त भएका बुबा कैलाशलाई प्रहरीले दुई घण्टा नियन्त्रणमा लिएर कुटपीट गरि छाडेका छन् । प्रहरीले समातेर जिल्ला प्रहरीमा लगि गालीगलौज गर्दै झाप्डै झापडले हिर्काएको बुबा कैलाशले दुखेसो पोख्नु भयो । उहाँले रुदै भन्नुभयो ‘ यो कहाँको न्याय हो ? एका तर्फ नर्सको लापरवाहीले मेरो छोरो मरेको छ, अर्को तर्फ प्रहरीले उल्टै मलाई समातेर लगि चोर बदमास र तथानाम गाली गर्दै झाप्डै झापड हिर्कायो । ’
बुबा कैलासले उचित क्षतिपुर्ति र दोषी चिकित्सक र प्रहरीलाई कारबाही लागि पहल गरि दिन सबैपक्षसंग गुहार गर्नुभयो । छोराको मृत्यु पश्चात आमा सन्तोषिया देवी अचेत हुनु भएको छ । घटना पश्चात अस्प्तालमा आएका सर्वसाधारण स्थानीयबासिन्दाहरु अस्पतालमा चिकित्सकको व्यवहार र प्रहरीको ज्यादतीप्रति आक्रोसित भएका छन् ।
यता डिउँटीमा भएका नर्स नैनतारा साहले डिउँटी छाडेर कोठामा आराम गरि रहेका डा.बैद्यनाथ ठाकुरसंग सोधेर बालकलाई सुई लगाएको प्रतिक्रिया दिनुभयो । उहाँले आफुमाथि मृतक बालकका पिता कैलाशले लठी बजारेपछि प्रहरीलाई बोलाएको बताउनुभयो । नर्स साहले बालकको मृत्यु यहाँबाट लगेपछि भएको प्रतिक्रिया दिनुभयो ।
पछिल्लो समय जनकपुर अञ्चल अस्पतालमा चिकित्सकको लापरवाहीले सर्वसाधारण विरामीको ज्यान जाने क्रम बढेको छ । त्यस अस्पतालमा कार्यरत्त चिकित्सकहरु । आफ्नो डिउँटीका समयमा पनि आफ्नो निजी क्लिनिकमा बढी समय दिने गरेको गुनासो पटक पटक सुन्ने गरिन्छ । यहाँसम्मकी जनकपुर अञ्चल अस्पतालका मेसु डा.रामपरिक्षण यादव समेत जनकपुर अञ्चल अस्पतालमा भन्दा आफुले अवैद्य रुपमा सञ्चालन गरेको कृष्णा नर्सिंगहोममा बढी समय दिने गरेको सर्वसाधारणहरुको गुनासो छ । सभार: टुडेपाटी

2 COMMENTS

  1. Jati pani doctor nepalma sarkari job garxan tyosabaiko private clinic bandgarnuparx ani purai diutiko time hospitalma baserbitaunuparxa.

  2. Jati pani doctor nepalma sarkari job garxan tyosabaiko private clinic bandgarnuparx ani purai diutiko time hospitalma baserbitaunuparxa.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.