
हुलाकी न्यूज, काठमाडौं । नेपाली कांग्रेसको दुई नम्बर प्रदेशको भेला काठमाडौंमा सुरु भएको छ । भिमसेन गोलास्थित आनन्द पाटी प्यालेसमा भेला सुरु भएहो हो ।
भेलामा दुई नम्बर प्रदेशका केन्द्रीय सदस्य, जिल्ला सभापति, सांसद, क्षेत्रीय सभापतिहरु उपस्थित रहेका छन् । स्थानीय निकायको तेस्रो चरणको निर्वाचन हुन बाँकी दुई नम्बर प्रदेशका बारेमा छलफल सुरु भएको सांसद रामकृष्ण यादवले हुलाकी न्यूजलाई बताए ।
यादवका अनुसार संविधान संशोधनसहितका विषयमा भेलामा छलफल हुनेछ ।
यता साउन ९ गते हुने भनिएको कांग्रेसको केन्द्रीय समिति बैठक सरेको छ । पार्टी कार्यालयले एक विज्ञप्ती जारी गरी साउन ७ गते नै पार्टी कार्यालयमा बैठक बस्ने जनाएको छ ।



